Comments Add Comment

इंग्ल्याण्डविरुद्ध अष्ट्रेलिया ५९ रनले विजयी

Australia

१८ भदौ, काठमाडौं । इंग्ल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रलिया ५९ रनले विजयी भएको छ । यससँगै उसले पाँच म्याचको सिरिजमा १-० को अग्रता लिएको छ ।

साउथहृयाम्पटनमा टस जितेर पहिले ब्याटिङ थालेकेा अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३०५ रन बनायो । उसका लागि म्याथु वाडेले ५० बलमा १२ चौकासहित अविजित ७१ रन बनाए ।

डेभिड वार्नरल ५९ रनको योगदान दिए । जोए वर्नस् र स्टिभन स्मिथले समान ४४/४४ रन बनाए भने मिचेल मार्स ४० रनमा अविजित रहे । इग्ल्याण्डका आदिल एक्लैले चार विकेट लिए ।

३०६ रनको लक्ष्य लिएर मैदान उत्रिएको इंग्ल्याण्ड ४५.३ ओभरमा २४६ रन जोड्दा अलआउट भयो ।

उसका लागि जेसन रोएले ६७ र जेम्स टेलरले ४९ रन बनाए । इयान मोर्गान ३८ रनमा आउट भए । अन्य ब्याट्सम्यान खासै चल्न सकेनन् ।

अष्ट्रेलियाका मिचेल स्टार्क, नाथन कल्टर नाइल, पेट कोमिन्स र शेन वाट्सनले २-१ विकेट लिए । मिचेल स्टार्क र म्याक्सवेलले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment