Comments Add Comment

तीजमा यसरी नाच्दैछन् यी १० नायिका

karisma namrata nita

१८ भदौ, काठमाडौं । तीज मा रातो साडी लगाएर छमछमी नाच्न आतुर हुन्छन् जोकोही नेपाली महिला । त्यसमाथि पनि सिनेमा खेल्ने हिरोइनहरुलाई तीज गितको बेग्लै रन्को हुन्छ । यसपालीको तीजमा पनि धक फुकाएर नाच्न खुट्टा उचालिसकेका छन् यी नायिकाहरुले ।

हामीले नाच्नमा पारंगत ११ जना नेपाली नायिकाहरुको खोजिनीति गरेका छौं । थाहा पाउनुस, तीज गितमा कसरी नाच्दैछन् उनीहरु ।

१. करिश्मा मानन्धर

पुरानी अभिनेत्री करिश्मा मानन्धरले दुई वर्षअघि एउटा तीजगीतमा मोडलिङ गरेकी थिइन् । मन्जु थापाको शब्द र शम्भुजित बास्कोटाको संगीत रहेको ‘तीजको रहर…’ बोलको गीतमा उनको मोडलिङलाई नीकै मन पराइएको थियो । तर, त्यसयता उनले तीजगीतमा मोडलिङ गरेको देखिएको छैन । राम्रो शब्द र संगीत भएका तीज गीतमा नााच्न अझै तयार रहेको बताउँछिन् उनी । हाल फिल्ममा खासै काम नभएकाले करिश्मा यसपाली तीज मा जमेर नाच्ने योजनामा छिन् ।

२. रेजिना उप्रेती

सिनेमाको पर्दाबाट रेजिना उप्रेती हराएको ४ वर्ष हुन लाग्यो । अभिनयमा सक्रिय रहादा-रहादै निर्माणमा समेत हात हालेकी रेजिनाले निर्मात्रीको रुपमा सफल हुन सकिनन् । करिअर संकटमा परिरहेका बेला उनले सुरज पोखरेल नामक युवासित बिहे गरिन् । बिबाहपछि फिल्मबाट पूरै हराएकी रेजिना हरेक वर्ष तीजमा भने दर्शकका विचमा झुल्किने गरेकी छिन् । यसपाली खुमन अधिकारी र रमिला न्यौपानेको स्वर रहेको ‘मेरो त मायाले ट्याक्सी चलाउने’ बोलको गीतमा मोडलिङ गरेकी छिन् उनले । अघिल्लो वर्ष पनि दुईवटा तीज गीतकै भिडियोमा मोडलिङ गरेकी थिईन् उनले ।

३. मेलिना मानन्धर

पछिल्लो समय फिल्मबाट टाढा रहेर गृहणीको भूमिकामा सिमित छिन् मेलिना मानन्धर । उनका लागि पनि अभिनयको तृष्णा मेट्ने सजिलो माध्यम बनेको छ तीजको गीत । चन्दा अर्यालको स्वर रहेको ‘मेरो रुपैले…’ बोलको गीतमा मोडलिङ गरेकी मेलिनाले अन्य केही आधुनिक गीतमा पनि मोडलिङ गरेकी छिन् । तर, तीजगीतमा नाचेर खासै चर्चा पाउन सकेकी छैनन् उनले ।

४. नन्दीता केसी

अविवाहित नायिका नन्दिता केसी पनि पछिल्लो समय फिल्ममा कमै देखिन्छिन् । देशभित्र र बाहिर आयोजना हुने सांकृतिक कार्यक्रमहरुमा डुल्दै फुर्सद छैन उनलाई । नन्दिताले देबी घर्तीको तीजगीत जसो परे पर्ला…मा धोको फुकाएर नाचेकी छिन् । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेकी नन्दीता तीजगीतमा अभिनय गर्दा छुट्टै मज्जा हुने धारणा राख्छिन् । यही गीतमा अर्की नायिका रिमा विश्वकर्माले पनि अभिनय गरेकी छिन् ।

५. पूजना प्रधान

पछिल्लो समय निर्मात्री बनेकी पूजना प्रधान कुनै समय आइटम डान्सरको रुपमा चर्चित थिईन् । तर, अब जस्तो पायो त्यस्तै गीतमा आइटम डान्स नगर्ने बताउाछिन् उनी । पूजनाले केही दिनअघि मात्रै मन्जु थापाको ‘ए आमा तिम्लाई …’ बोलको तीज गीतमा मोडलिङ गरिन् । शम्भुजीत बास्कोटाको संगीत रहेको उक्त गीत ‘सभ्य’ भएकाले मोडलिङ गरेको उनको भनाई छ ।

६. नम्रता श्रेष्ठ

अभिनय, मोडलिङ र रंगमञ्चमा सक्रिय छिन् नम्रता श्रेष्ठ । चलचित्रमा काम गर्दा स्त्रिmप्ट पढेर भुमिका चित्त बुझेपछि मात्रै काम गर्ने नम्रता मोडलिङको मामलामा पनि चुजी छिन् । दुई वर्षअघि अन्जु पन्तको स्वर रहेको म त नााचे बोलको गीतमा अभिनय गरेकी नम्रताले राम्रै जस पाएकी थिईन् । अन्य तीज गीतमा उनको उपस्थिती छैन ।

७. सुस्मा कार्की

लोकगीत एवं तीज गीतमा यौनका सन्दर्भ नछुटाउने श्रीदेबी देबकोटाले गाएको तीजगीत ‘पिठ्युमा कन्याइदेउन बाई…’ मा मोडलिङ गरेकी थिईन् सुस्मा कार्कीले ।
चलचित्र र मोडलिङमा बोल्ड देखिन चाहने सुस्मा तीजगीतमा पनि बोल्ड देखिने प्रयास गरिन् । तर, उनको बोल्ड छबीलाई दर्शकले सकारात्मक मानेनन् । सुस्माले अरु आधा दर्जन तीज गीतमा मोडलिङ गरेकी छिन् ।

८. सुमिना घिमिरे

बिबाह गरेपछि अभिनयबाट विश्राम लिएकी सुमिना घिमिरेको नृत्यबाट प्रभावित हुनेहरु धेरै छन् । शिलु भट्टराईको ठोक मादल ठोकमा मोडलिङ गरेर राम्रै जस पाएकी थिइन् उनले । विष्णु माझीको अर्को गीत ‘भिनाजु पल्केर’ मा मोडलिङ गरेकी सुमिनाको आलोचना पनि प्रशस्तै भयो ।

९. नीता ढुंगाना

तीजको गीतमा बिन्दास भएर नाच्न चाहने नायिका हुन् निता ढुंगाना । आधा दर्जन तीज गीतमा मोडलिङ गरेकी नीता पनि राम्रो गीत पाएमा जति पनि नाचिदिने बताउाछिन् ।

१०. आशिष्मा नकर्मी

गत वर्ष भारतीय गायिका साधना सरगमले तीज गीत गाइन्, आफु पनि नाचिन्छ, अरुलाई नै नचाईन्छ … । सोही गीतमा मोडलिङ गरिन् आशिष्मा नकर्मीले । गत वर्ष नै निशा देशारको अर्को गीतमा पनि मोडलिङ गरेकी थिइन् उनले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment