Comments Add Comment

पार्वतीको फेसन : आधा छोपेजस्तो, आधा देखिएजस्तो पहिरन सेक्सी

Parbati Rai_Fashion
मोलड पार्वती राइका तस्बिर मिडियामा हेर्दा खुबै हट लाग्छन् ।  उनी आफ्नो पहिरनप्रती  सचेत छिन् । प्राय चम्किलो रंगको पोशाक मन पराउने पार्वतीलाई सारी सबै भन्दा सेक्सी ड्रेस लाग्छ । कमाईको धेरै हिस्सा डे्रसअपमा खर्च हुने धारणा राख्ने पार्वतीले छोटो लुगाप्रति रुची नभएको दाबी गरिन् । अनलाइनखबरमा हरेक शुक्रबार प्रकाशन हुँदै आएको ‘सेलिब्रेटीको फेसन’ स्तम्भ अन्र्तगत रहेर उनले कुरा गरेकी छिन् :

१. तपाईं कत्तिको फेसनेबल हो ?
फेशनेवल नै छु नी । नयाँ नयाँ डिजाईनको ड्रेस आयो भने नकिनी बस्न सक्दिन ।

२. मनपर्ने पहिरन के-के हुन् ? मन नपर्ने ?
सबै भन्दा मनपर्ने त सारी र लङ ड्रेस हो । तर, म स्कुटी चलाएर हिड्ने भएर सँधै सारी लगाउन सक्दिन । टिसर्ट पाईन्ट पनि मन पर्छ । मन नपर्ने भन्ने छैन ।

३. लुगा किन्दा के-के कुरामा ध्यान दिनुहुन्छ ? कत्तिको ब्रान्ड मा सजग हुनुहुन्छ ? मन पर्ने ब्राण्ड ?
मुख्य कुरा त आफुलाई सुहाउछ कि सुहाउदैन भन्नेमा ध्यान दिन्छु । घडी, मोबाईल जस्तो लुगामा ब्राण्ड कन्सस छैन । जुन लुगा आफुलाई ठिक हुन्छ र राम्रो देखिन्छ त्यही लगाउछु ।

४. बजारमा आएका नयाँ-नयाँ फेसनबारे कसरी जानकारी लिनुहुन्छ ?
पत्रपत्रिका, अनलाइन, टिभी हेर्छु । साथीभाईसँग कुरा गर्छु ।

५. विदेशी सेलिब्रिटीको फेसन कत्तिको नक्कल गर्नुहुन्छ ? कसको गर्नुभएको छ ?
त्यस्तो नक्कल गर्दिन । तर, उनीहरु कस्तो कार्यक्रममा जाँदा कस्तो लुगा लगाउछन् त्यो भने ध्यान दिन्छु ।

६. केटा/केटीले कस्तो लुगा लगाएको मन पर्छ ?
यस्तै भन्ने छैन । ज्यानमा सुहाउने लगाएको छ भने जस्तो पनि मन पर्छ ।

७. तपाईंलाई कस्तो रंगको लुगा सुहाउछ ?
नाँच्ने गाउँने मान्छे भएर होला मलाई फिक्का रंग मन पर्दैन । मलाई कालो र गाढा रातो सुहाउछ ।

८. सारी लगाउन कत्तिको मन पर्छ ?
मलाई सबै भन्दा मन पर्ने नै सारी हो । तर, सँधै सारी लगाउन पाइदैन ।

९. छोटा लुगामा रुची ? कतिसम्म छोटो लगाउनु भएको छ ?
ब्यक्तिगत कुरा गर्नु हुन्छ भने म छोटो लुगा लगाएर कहिल्यै हिडि्दन । अभिनयको क्रममा कथाको परिवेश अनुसार लगाउनुपर्छ । तर, म धेरै छोटो लगाउदिन ।

१०. छोटा लुगा लगाएर हिँड्दा केटाहरुले कत्तिको जिस्क्याउछन् ?
म त्यसरी छोटा लुगा लगाएर हिडेकै छैन ।

११.औपचारिक पोशाक लगाउन कत्तिको मन पर्छ ? कस्तो ठाउँमा जाँदा औपचारिक पोशाक लगाउनुहुन्छ ?
एकदमै मनपर्छ । मैले अघि नै भने नै सारी निकै मन पर्छ । अन्य क्षेत्रका विशिष्ट ब्यक्तिहरु आउने कार्यक्रममा औपचारिक पोशाकमा जान मन लाग्छ ।

१२. उपहारमा लुगा कत्तिको आउछन् ?
खासै त्यस्तो आउदैन ।

१३. लुगाको सपिङ प्राय कहाँ गर्नुहुन्छ ?
प्राय न्यरोडमा जान्छु ।parbati-rai-hot
१४. भित्री वस्त्र खरिद कहाँ खरिद गर्नुहुन्छ ? लाज लाग्छ कि लाग्दैन ?
यो पनि प्राय न्युरोडमै किन्छु । भित्री बस्त्रहरु कती त ममीले ल्याईदिनु हुन्छ । लुगा किन्दा लाज त किन मान्नु ।

१५. फुटपाथमा लुगा किन्ने गर्नुभएको छ कि छैन ?
गरेका थिएँ, केही पहिला ।

१६. लुगा किन्दा कतिसम्म बार्गेनिङ गर्नुहुन्छ ?
म त मज्जाले बार्गेनिङ गर्छु ।

१७. लुगा किन्न एक्लै जानुहुन्छ कि अरुलाई पनि लैजानुहुन्छ ?
एक्लै पनि जान्छु । साथीलाई पनि लैजान्छु ।

१८. आफूलाई बाहेक अरु कसका लागि लुगा किनिदिनुहुन्छ ?
म प्राय ममी ड्याडीका लागि किनिदिन्छु ।

१९. तपाईंको नजरमा केटीहरुले लगाउने सबैभन्दा सेक्सी लुगा के हो ?
यो लुगा सेक्सी भनेर भन्न मिल्दैन । किनकी कुन लुगाको डिजाईन कस्तो छ त्यसमा भर पर्छ । समग्रको कुरा गर्ने हो भने सारी । केही छोपे जस्तो केही देखाएजस्तो हुन्छ सारी ।

२०. लुगा आइरन आफैं गर्नुहुन्छ कि अरुले गर्छन् ?
म आफैं गर्छु ।

२१. तपाईंले किनेको सबैभन्दा महंगो लुगा के हो ? कहाँ, कहिले र कतिमा किनेको ?
एउटा सारीमा १५ हजारसम्म तिरेकी छु । त्यो नपालमै किनेको हो ।

२२. मन परेर पनि महंगो भएर किन्न नसकेको लुगाहरु ?
त्यस्तो छैन । म त मन परेपछि किनिहाल्छु ।

२३. विदेशमा जाँदा कस्ता लुगा किन्नुहुन्छ ? कुन देशमा लुगा किन्न मन पर्छ ?
लुगा त आफुलाई जस्तो चाहिएको छ त्यस्तै किन्छु । हङकङ र कोरियामा सपिङ गर्न मज्जा आउछ ।

२४. जुत्ता र ड्रेसअपको सेट कसरी मिलाउनुहुन्छ ?
माथिको लुगाको कलर अनुसार नै जुुत्ताको सेट मिलाउछु ।

२५. तपाईंसँग कती जोडी जुत्ता छन् ?
ठ्याक्कै त भन्न सक्दिन । गन्नै पर्छ । सुटिङमा लगाउने छुट्टै छ । यताउता जाँदा लगाउने छुट्टै छ । विदेश जाँदा लगाउने छुट्टै छ ।

२६. लुगा कती दिनको अन्तरमा धुनुहुन्छ ? कसले धुन्छ ?
एक पटक लगाएको लुगा नधोईकन दोहोर्‍याएर लगाउदिन । आफैं धुन्छु ।prabati-rai-photo-hot
२७. घर बस्दा के लगाउनुहुन्छ ?
घरमा म एकदमै लुज कपडा लगाउछु । आफुलाई जुन सजिलो लाग्छ त्यही नै लगाउछु ।

२८. कती दिन लगाएको लुगालाई पुरानो मान्नुहुन्छ ? पुराना लुगा के गर्नुहुन्छ ?
सुटिङमा एउटामा लगाएको लुगा अर्कोमा काम लाग्दैन । यती दिन लगाएकै आधारमा पुरानो भयो भन्ने मापदण्ड त केही छैन ।

२९ लुगामा मासिक कती खर्च गर्नुहुन्छ ?
सबै भन्दा धेरै खर्च हुने भनेकै लुगामा हो । कती हुन्छ भनेर हिसाब गरेकी छैन ।

३०. बाहिर जानुपर्दा ड्रेसअप गर्न कति बेर लाग्छ ?
आधा घण्टामा तयार हुन्छु ।

३१. तपाईंलाई कसैले लौ लुगा किन भनेर एक लाख हातमा राखिदियो भने कहाँ गएर के-के किन्नुहुन्थ्यो ?
आवश्यक परेको मात्रै लुगा किनेर बाँकी बचत गर्थें ।

३२. संसारमा लुगा लगाउने चलन नभएको भए के हुन्थ्यो होला ?
हामी पहिलाकै संसारमा फर्किन्थ्र्यौं ।

३३. बजारमा लुगा छनोट गर्न कति समय लाग्छ ?
प्राय धेरै लुगा किन्ने भएकाले दिनभरि लाग्छ । म प्राय आफुलाई र सुटिङमा प्रयोग हुने लुगा एकै पटक किन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment