Comments Add Comment

इस्लामिक लडाकूबाट बचेका पत्नी र छोरा समुद्रमा डुबेपछि…

Syrian-toddler-Aylan-1

अब्दुल्लाह कुर्दीले समुद्रमा डुबेका आफ्नी श्रीमती र दुई छोराको अन्त्येष्टि गर्दै गर्दा विश्वले थाहा पायो, गत जूनमा उनको परिवारका ११ जना सदस्यलाई इस्लामिक स्टेटका लडाकुहरुले मारेका थिए । तीन महिनापछि त्योभन्दा विकराल घटना व्यहोर्नु पर्दा उनी पूर्णतया विक्षिप्त बनेका छन् ।

उनका ३ वर्षका छोरा ऐलान, पाँच वर्षका छोरा गालिप र पत्नी रेहान रातको समयमा ग्रीक आइल्याण्ड पुग्न खोज्दा डुंगा पल्टिएर खसेका थिए । अहिले समुन्द्र किनारमा भेटिएको एलानको शवले युरोपमा खल्बली मच्चिएको छ ।

अब्दुल्लाह शुक्रबार सिरियामा आफ्ना श्रीमती र सन्तानको शवसामु खुलेर रुन पनि सकेनन् । कोबानमा दुई शरणार्थी बालक र उनीहरुकी आमाको चिहान खन्दा ठूलो भिड जम्मा भएको थियो ।

अब्दुल्लाह स्तानबुल हुँदै उर्फाको तुर्किस शहरमा आइपुगेका थिए । स्थानीय सञ्चारमाध्यमसित स्तानबुलको अतातुर्क एयरपोर्टमा कुरा गर्दा उनी अझै स्तब्ध अवस्थामा देखिए ।

Abdullah-Kurdi

 ‘आफ्ना सन्तान गुमाएको एउटा पिताले आफ्ना लागि के चाहन्छ ?’ उनले प्रश्न गरे-‘म यति चाहन्छु, सिरियाको यो संकट चाँडै हल होस् र शान्ति पुनर्बहाली होस् ।’

बच्चाहरुका हजुरबुवा सेक्सो सेनो कुर्दीले न्युजविकसित कुरा गर्दै यो एउटा पुरानो घटना उजागर गरेका हुन् । उनले भने-‘केही महिनाअघि मात्रै हामीले परिवारका ११ जना सदस्य गुमाएका थियौं ।’

गत जूनमा मारिनेहरुमा उनीहरुका काका र ठूलोबुबाका छोराछोरी तथा कान्छीआमा थिए । उनीहरुमध्ये केहीलाई घरमै पसेर गोली हानिएको थियो ।

गत वर्ष इस्लामिक स्टेटका लडाकुहरु कोबानलाई कब्जामा लिन चार महिनासम्म लडेका थिए । तर, अमेरिकी नेतृत्वका कुर्दिस लडाकुहरुले जनवरीमा आफ्नो नियन्त्रण फेरि हासिल गरे ।

गत जूनमा आइएसआइएसका लडाकुले उनीहरुको शहरमा आक्रमण गरेका थिए । त्यतिबेला लडाकुहरुले आत्मघाती बम विष्फोट गराउनुका साथै कुर्दिस शक्तिसित युद्ध लडेका थिए । आतंककारी समुहले शहरलाई तीनतिरबाट आक्रमण गरेपछि थुप्रै संख्यामा सर्वसाधारण तथा कुर्दिस लडाकुहरु मारिए ।

अघिल्लो दिन कुर्दीले आफ्नो मृत छोरालाई हातमा उठाएका थिए । त्यतिबेला उनले आफ्नी पत्नीको शरीर पानीमा बेलुन जसरी तैरिइरहेको दृश्य टोलाएर हेरिरहे ।

Ms-Kurdi

उनकी बहिनी तिमाले सो दुर्घटनाको बारेमा सुनाएअनुसार अब्दुल्लाहले दुबै बच्चालाई पानीबाट जोगाउन दुई हातले बेस्मारी च्यापेका थिए । उनी चिच्याउँदै बच्चाहरुलाई भनिरहेका थिए, ‘सास फेर, सास फेर । तिमीहरुले मर्नहुँदैन ।’

उनले अघि भनिन्-‘उहाँको बायाँ पाखुरामा गालिप थियो र जब उ मरिसकेको उहाँले देख्नुभयो, अनि मलाई भन्नुभयो, अब मैले यसलाई छाडिदिनुपर्छ । त्यसपछि उहाँले ऐलानतिर हेर्नुभयो । उसको आँखामा रगत देखेपछि हातले आँखा बन्द गरिदिनुभयो र भन्नुभयो, तिम्रो स्वर्गमा बास होस् छोरा ।’

तिमाका अनुसार डुंगामा चढ्ने बेलामा अब्दुल्लाह कुर्दीले भनेका थिए, पानी एकदम शान्त र स्थिर छ, त्यसैले पार गर्न सकिन्छ । ऐलान असाध्य खुशी र उत्साहित थिए ।

उनले सोधेका थिए, हामी कहाँ जाँदैछौं ? कुर्दीले जवाफ दिएका थिए, यूरोप । तिमाले भनेकी छन्-‘त्यसको २० मिनेटपछि एउटा ठूलो छाल आएर डुंगालाई छोप्यो ।’

डेलिमेलको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment