
१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिस्कार गरेका छन् ।
देउवाले बुधबार साँझ पदाधिकारीहरुको बैठकमा वरिष्ठ नेता पौडेललाई पनि बोलाएका थिए । तर पौडेल अनुपस्थित रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
पौडेल समूहले २६ मंसिरबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको थियो । लामो वार्तामा पनि सहमति जुट्न नसकेपछि संस्थापन समूहले बहुमतका आधारमा निर्णय गरेको छ । यसले पौडेल समूहलाई थप रुष्ट बनाएको छ ।
पौडेल समूहले भोलि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा समेत नजाने बताएको छ । भोलिको बैठक राष्ट्रियसभा सदस्यको उम्मेदवार छनोटका लागि बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4