Comments Add Comment

सशस्त्रमा ६ डीआईजीको दरबन्दी खाली

६ पुस, काठमाडौं । सशस्त्र प्रहरी बलमा भावी नेतृत्वका लागि दाबेदार मानिएका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) ले अवकाश पाएका छन् ।

सेवा अवधि सकिन ५ वर्ष बाँकी रहँदै बुधबारबाट डीआईजी सुरजकुमार श्रेष्ठ र बाबुराम पाण्डेले अवकाश पाएका हुन् । श्रेष्ठ सशस्त्र प्रहरीमा अब्बल अधिकृतको रुपमा चिनिन्थे ।

डीआईजीको ५ वर्षे पदावधि सकिएपछि श्रेष्ठ र पाण्डेसँगै अरविन्द धितालले पनि अवकाश पाएका छन् । उनीहरु सबै २०५१ मा नेपाल प्रहरीमा भर्ना भएका थिए ।

सशस्त्र प्रहरीले दरबन्दी थप गर्न गृह मन्त्रालयसँग पटकपटक माग गर्दै आएको थियो । तर, प्रस्ताव अस्वीकृत भएपछि २५ वर्षमै उच्च अधिकृतहरु घर गएका हुन् ।

सीमा सुरक्षाको विषयलाई लिएर बहस भइरहेका वेला सशस्त्रले सीमा सुरक्षा विभागमा एआईजीको दरबन्दी राख्न माग गरेको थियो । डेढ वर्षअघि पनि विभागमा एआईजीकै दरबन्दी थियो । तर, सरकारले एआईजीको संख्या घटाउने निर्णय गरेसँगै यो इकाइलाई कार्यविभागमा गाभेर सीमा निर्देशनालय बनाइएको थियो भने डीआईजीलाई कमाण्ड दिइएको थियो ।

यो पनि पढ्नुहोस सिमानामा विवाद, सदरमुकाममा सुरक्षा फौज !

केहीअघि डीआईजी डीआईजी रामप्रकाश श्रेष्ठ, वसन्त बानियाँ र राजुराम सुवालले पनि अवकाश पाइसकेका छन् । योसँगै सशस्त्र प्रहरीमा अब ६ जना डीआईजीको दरबन्दी खाली भएको छ ।

रिक्त दरबन्दीमा बढुवाका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत, केबी ब्रम्हाचार्य, राजेन्द्र अधिकारी, किशोर प्रधान, गणेश ठाडा मगर लगायत प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment