+
+
Shares

सशस्त्रका ५ एसपीको सरुवा

सशस्त्र हेडक्वाटरले एक सूचना निकाल्दै पाँच एसपीहरूको सरुवा गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते १२:४८

२१ असार,काठमाडौं । सशस्त्र प्रहरी बलका पाँच एसपीको सरुवा भएको छ ।

सशस्त्र हेडक्वाटरले एक सूचना निकाल्दै पाँच एसपीहरूको सरुवा गरेको हो । सरुवा सूचीअनुसार आईजीपी सचिवालयमा रहेका दयाराम शर्माको सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाइएको छ ।

आर्थिक प्रशासन निर्देशनालयमा रहेका ध्रुव केसीको आईजीपी सचिवालयमा सरुवा गरिएको छ । सशस्त्र एकेडेमीमा रहेका राजकुमार ढकालको एपीएफ अस्पतालमा सरुवा भएको छ ।

एपीएफ अस्पतालमा रहेका गणेशबहादुर मल्लको भण्डार महाशाखामा सरुवा गरि।एको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?