Comments Add Comment

डा. भट्टराईको प्रस्तावः नेपालमा पनि इस्वी संवत लागू गरौं

१६ पुस, काठमाडाैं । इस्वी संवत २०१९ बिदा भएर आज बुधबारबाट २०२० सुरु भएको छ । यस अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना आदानप्रदान चलिरहेको छ ।

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भने नयाँ वर्षको शुभकामनासँगै एउटा प्रस्ताव पनि गरेका छन्, नेपालमा अब इस्वी संवतलाई आधार मानेर प्रशासनिक आर्थिक क्यालेन्डर बनाउने ।

टि्वटरमा डा. भट्टराईले लेखेका छन्, ‘पश्चिममा जन्मेर अहिले विश्वभर छाएको इस्वी संवतलाई प्रशासनिक/आर्थिक क्यालेन्डर बनाउँ । नत्र समृद्धि, विदेशी लगानी, पर्यटन वर्ष, इत्यादी सम्धीका गफ मात्रै होलान् है ।’


साथै उनले नेपाल सम्वत र विक्रम संवतलाई मर्ज गरेर सांस्कृतिक क्यालेन्डर बनाउनुपर्ने प्रस्ताव समेत गरेका छन् । यसो गरे कसो होला ? भन्दै उनले ‘नेपालमै जन्मेको नेपाल सम्वत तथा भारतीय उपमहाद्वीपमा प्रचलित विक्रम सम्वत्लाई सांस्कृतिक क्यालेन्डर बनाउन’ प्रस्ताव गरेका छन् ।

अर्को एक टि्वटमा डा. भट्टराईले एक्काइसौं शताब्दीको तेस्रो दशकले पूँजीवाद र साम्यवादको उन्नत प्रणालीगत विकल्प दिने तथा ट्रम्प र ओलीहरुको श्रेष्ठतर नेतृत्वको विकल्प देओस’ भन्ने कामनासमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment