+
+
Shares
फोटो कथा :

नेपाल भ्रमण वर्ष २०२० को भब्य शुभारम्भ

विकास श्रेष्ठ, चन्द्र आले र आर्यन धिमाल विकास श्रेष्ठ, चन्द्र आले र आर्यन धिमाल
२०७६ पुष १६ गते २३:००

१६ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ आयोजित भब्य समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिन् ।

उद्घाटन कार्यक्रमलाई चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पटेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङले पनि सम्बोधन गरे ।

कार्यक्रममा नेपालका मौलिक संस्कृति झल्कने नाचगानका साथै आतिसबाजी समेत गरिएको थियो ।

सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको छ । सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

 

      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?