+
+
Shares

अनौठो महिला गाउँ, जहाँ लोग्ने मानिस छिर्नै पाउँदैनन् (फोटोफिचर सहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ३ गते ९:३०

Women Village3

सुन्दैमा अचम्म लाग्छ । यो दुनियामा यस्ता गाउँहरु पनि छन् जहाँ पुरुषहरुलाई छिर्ने अनुमति नै छैन । गाउँमा जो छन्, महिलाहरु मात्र छन्, महिलाहरुकै राज्य छ ।

हो, केन्याको उमोजा गाउँ दुनियाको एउटा यस्तो विचित्र गाउँ हो जहाँ पुरुषलाई छिर्न प्रतिबन्ध लगाइएको छ ।

उमोजा त्यो गाउँ हो जुन सन् १९९० मा १५ जना महिलाले स्थापना गरेका थिए । उक्त गाउँ बसाल्ने ती महिलाहरु वास्तवमा बेलायती सेनाद्धारा बलात्कृत युवतीहरु थिए ।

Women Village2

अहिले यो गाउँ त्यस्तै पीडित महिलाहरुको सामुहिक बसोबास हुने गाउँ बनेको छ । त्यहाँ बस्ने महिलाहरु यस्तै कुनै न कुनै प्रताडना तथा हिंसाबाट पीडित छन् अनि नयाँ पीडित महिलाहरु यो गाउँमा बस्न आउने गर्छन् । बाल विवाह, खतना प्रथा, बलात्कार तथा अन्य खाले यौनहिंसाबाट आफ्नो घर छाडेका युवती तथा महिलाहरु यो गाउँमा बस्न आउँछन् ।

पुरुषरहित यो गाउँका बासिन्दा महिलाहरु आफ्नो जिविकोपार्जनका लागि घरेलु तथा कुटीर उद्योगमा निर्भर छन् । गाउँमा महिलाहरुका झण्डै २ सय जना बच्चाबच्ची पनि छन् । जसका लागि स्कुलको पनि व्यवस्था गरिएको छ ।

Women Village4

गाउँकी सबैभन्दा पाकी सदस्य सिएटा लेनगिमाको उमेर ६८ वर्षको छ । यो गाउँका बासिन्दा सबै महिलाहरु जिवनमा कुनै न कुनै पीडा भोगेका महिला हुन् । तर पछिल्लो समयमा भने उनीहरुले पीडा भुलेर सामान्य जिवन जिउने प्रयास गरिरहेका छन् । पुरुषहरुप्रति उनीहरुको मनमा पलाएको घृणा भने हराउन सकेको छैन । त्यसैले गाउँमा पुरुषहरुको प्रवेश निषेध गरेका छन् ।

Women Village 1

Women Village5

Women Village6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?