१८ चैत, स्याङ्जा । यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा एकजना जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखराबाट वालिङतर्फ जाँदै गरेको ग१ज ७०६६ नम्बरको जिप चालककले १६ वर्षीया बालिकालाई दुर्व्यवहार -अनुचित स्पर्श_ तथा अस्वाभाविक व्यवहार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
चालक ४९ वर्षीय अनबहादुर गुरुङलाई वालिङ नगरपालिका–१ रामबाच्छाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए । गुरुङ स्याङ्जाकै बिरुवा गाउँपालिका-७ का हुन् ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सात दिनको म्याद थप अनुमति लिएर चालकमाथि बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको नायव उपरीक्षक चौधरीले बताए ।
-राम बहादुर रोकाहाबाट
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4