+
+
Shares

कलैयामा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौं घाइते

४ असोज, बारा । बाराको कलैयामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थिति तनावग्रस्त भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते १४:४६

Bara,-Kalaiya,-Tanab

सुभाषप्रसाद साह
४ असोज, बारा । बाराको कलैयामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थिति तनावग्रस्त भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ ।

कलैया-५ पन्नाबागस्थित नेकपा एमालेको जिल्ला कार्यालय र कलैया-६ मोतिबाग पानीटंकीमा रहेको नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालय जलाउन पुगेका आन्दोलनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको हो ।

हवाइ फायर र अश्रुग्यास प्रहार पछि भागदौड मच्चिएको थियो । अहिले पनि कलैयाको भरत चोक, पन्नावागस्थित एमाले पार्टी कार्यालय, मोतिवागस्थित काँग्रेस कार्यालय, मछरहटा चोक लगायतका ठाउँमा प्रहरी र आन्दोलनकारी बीच दोहोरो झडप जारी छ ।

सभासदको घरमा आगजनी र तोडफोड

Bara,-Kalaiya,-Tanabयसैबीच आन्दोलनकारीहरुको भिडले कलैया भरत चोकस्थित नेपाली कांग्रेसका नेता एवं सभासद राधेचन्द्र यादव र लालबाबु सिंहको घरमा तोडफोड गर्दै आगजनी गरेका छन् । आन्दोलनकारीहरुले घरमा रहेका फर्निचर, टिभि लगायका समान बाहिर निकालेर जलाएका छन् । घरका सिसा, सटर लगायतमा तोडफोड गरेका छन् ।

कलैयामै कांग्रेस सभासद फरमुल्लाह मन्सुरको घरमा तोडफोड गर्न पुगेका आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप भएको छ ।

सरकारी कार्यालयमा पनि तोडफोड

कलैयामा रहेका मालपोत, नापी, भूमि सुधार सहितका बिभिन्न कार्यालयमा पनि तोडफोड भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आहवानमा भईरहेको अनिश्चितकालिन तराई मधेस बन्दको ३७ औं दिन कलैयामा आन्दोलनकारीले विरोध प्रदर्शन कडा पार्दै लगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?