+
+
Shares

ओलीले भने-शुष्माले ३ घण्टामा समाधान गर्छु भनिन्, तर भएन

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ९ गते २१:५७

Kp oli

९ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सीमामा अस्वभाविक परिस्थिति सृजना भएको बताएका छन् ।

बालुवाटारमा बसेको सर्वदलीय बैठकमा ओलीले आफूले भारतीय विदेशमन्त्री शुष्मा स्वराजसँग आफ्नो सम्वाद भएको सुनाए । उनले भने-‘मैले कुरा गर्दा तीन घण्टाभित्र समाधान गर्छु भन्नु भएको थियो । तर, यहाँ समस्या जस्ताको तस्तै छ ।’

ओलीले यो धेरै दिन रहन नसक्ने बताए । उनले तराई मधेसका आन्दोलनकारीहरुको माग नै थाहा नभएको बताए । उनले भने-रुने मान्छे के के लागि रोएको भन्ने फकाउन सकिन्थ्यो । तर, के का लागि रोको भन्ने नै थाहा भएन ।’

उनले मधेसका सबै माग पुरा भएको दाबी गरे । बैठकमा साना दलहरुले सरकार कूटनीतिक रुपमा असफल भएको बताए । साथै उनीहरुले संविधान निर्माणमा आफूहरुले साथ दिएको तर, ठूला दलहरुले भने विभेद गरेको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?