Comments Add Comment

किशोरको ‘नमेटिएका चित्र’लाई अन्तराष्ट्रिय पुरस्कार

काठमाडौं । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले प्रदान गर्ने ‘अन्तराष्ट्रिय नेपाली साहित्य सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०१५’ बरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ को ‘नमेटिएका चित्र’लाई प्रदान गरिने भएको छ ।

nametiyaka-Chitraharu,-Damoहरेक दुई वर्षमा प्रदान गरिने यो पुरस्कार यो वर्ष ‘नमेटिएका चित्र’ नियात्रा संस्मरणलाई प्रदान गरिन लागेको अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले जानकारी दिएको छ ।

पुरस्कारको राशी पन्ध्र सय यूएस डलर छ । साथै यो पुरस्कार बाफत थप १०० डलर बराबरको आजीबन सदस्यता, सम्मान पत्र प्रदान गरिने छ ।

त्यस्तै अनेसासले यो पुस्तकलाई अंग्रेजी भाषामा अनुबाद तथा बिक्री वितरणको पनि व्यवस्था गर्न लागेको जानकारी दिएको छ ।

पुरस्कार आगामी डिसेम्बर महिनामा अमेरिकाको राजधानी वासिङ्टनमा प्रदान गरिने छ ।

साहित्यकार ‘किशोर’ कविता, निवन्ध, कथा र नियात्रा विधामा प्रखर स्रष्टा हुन् । उनका हालसम्म ‘आफन्तका अनुहारहरु’, ‘आँखाको खोजीमा’, ‘आलोकित आमा’, ‘आकारको खोजीमा’, ‘समयको सहीछाप’, ‘पहाड र प्रेम’ जस्ता कविता संग्रहहरु प्रकाशित छन् ।  यसैगरी ‘यात्राका प्रेमिल तरंगहरु’, ‘नमेटिएका चित्रहरु’ र ‘मायालु हुम्ला’ जस्ता नियात्रा कृतिहरु प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment