Comments Add Comment

अनौठो जागिर, जहाँ विदा बसेर बेपत्ता हुनेले पाउँछ ८ लाख भत्ता

Bepatta
रोजगारदाताले कर्मचारीरुलाई काम गरेबापतको पारिश्रमिक रकम तलब तथा भत्ता लगायतको रुपमा दिन्छ । अर्थात् काम गरे मात्र तलब भत्ता पाइन्छ । तर अमेरिकामा एउटा यस्तो कम्पनी छ जसले काम गर्ने कर्मचारीलाई होइन विदा बस्ने र पूर्ण रुपमा सम्पर्कवीहिन कर्मचारीलाई भत्ता दिन्छ, त्यो पनि झण्डै ८ लाख रुपैयाँ ।

सुन्दैमा अचम्म लाग्नसक्छ र पत्यार नलाग्न पनि सक्छ । तर यो साँचो हो । अमेरिकाको डेनभर सहरस्थित फुलकन्ट्याक्ट्स नामको सफ्टवेयर कम्पनीले आफ्ना हरेक कर्मचारीलाई विदामा बसेवापत हरेक वर्ष ७ हजार ५ सय डलर भत्ता दिने गरेको छ । रोचक त के भने विदा नबस्ने कर्मचारीले यो रकम पाउँदैनन् र रकम पाउनका लागि कर्मचारीहरुले अनिवार्य रुपमा विदा बस्नैपर्छ र अफिसको कामबाट टाढा हुनैपर्छ । विदा बस्ने नियम जति दिन तोड्यो उक्त रकम उति नै कटौती गरिन्छ ।

ब्लुम्बर्गका अनुसार छुटि्टमा बसेको बेला कर्मचारीहरु अफिसबाट पूर्ण रुपमा अलग रहनुपर्ने नियम छ । मोबाइलको इमेल एप समेत आफ्नो स्मार्टफोनबाट डिलिट गर्नुपर्छ, ल्यापटपलाई कुनामा थन्काउनुपर्छ । अफिसको फोन उठाउने वा अफिसमा फोन गर्ने पनि गर्न पाइँदैन । अर्थात् विदा अवधिभर पूरै बेपत्ता हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment