Comments Add Comment

अायात निर्यात र आपूर्तिको अवस्थाबारे समितिलाई जानकारी दिन निर्देशन

१६ असोज, काठमाडौँ । कृषि तथा जलस्रोत समितिले नाकाबन्दीबाट सिर्जित सङ्कट र नजिकिदै गरेका चाडपर्वलाई मध्यनजर गरी आयात निर्यात र आपूर्तिको अवस्थाबारे समितिलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले हालको देशको आन्तरिक उत्पादनको अवस्था, खाद्यान्न सङ्कटको सम्बोधन र आपूर्ति सहज बनाउन सरकारले गरेका तयारीबारे वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी एकसाताभित्र समितिलाई विस्तृत विवरण र योजना पेस गर्न निर्देशन दिएको हो ।

विगत केही दिनदेखिको अघोषित नाकाबन्दी, छ हप्तादेखि तराई मधेस क्षेत्रमा चलिरहेको आन्दोलन एवम् अवरोधका कारण जनजीवन कष्टकर र अस्तव्यस्त बनिरहेका बेला नजिकिँदै गरेको दशैं, तिहार, छठलगायत चाड पर्वहरूमा आम जनताले अत्यावश्यक वस्तुको अभाव झेल्नुनपरोस् भनी सरकारको ध्यानाकर्षण गराएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment