Comments Add Comment

औलो र हात्तिपाइलेको औषधि पत्ता लगाउने ३ वैज्ञानिकलाई नोबेल पुरस्कार

Satoshi-Omura-Tu-Youyou-William-Campbell

तस्वीरमा क्रमशः सातोशी ओमुरा, तु युयु  र विलियम सी क्याम्पबेल

यो वर्ष चिकित्साशास्त्र तर्फ ३ जना वैज्ञानिकले नोबेल पुरस्कार प्राप्त गरेका छन् । परजिवीका कारण हुने संक्रमणसँग जुध्न महत्वपूर्ण खोज गरेबापत चिनिया, जापानी र आइरिस वैज्ञानिकहरुलाई चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो ।

नोबेल पुरस्कार विजेता मध्ये चिनिया वैज्ञानिक तु युयुले मलेरिया रोगको उपचारको नयाँ औषधि पत्ता लगाएकी थिइन् । उनले पत्ता लगाएको आर्टेमिसिनिनका कारण विश्वमा औलो रोगबाट हुने मृत्युको दरमा निकै कमी आएको नोबेल समितिले जनाएको छ ।

त्यस्तै आयरल्याण्डका विलियम सी क्याम्पबेल तथा जापानका सातोशी ओमुराले गोलो जुके परजिवीबाट हुने संक्रमणको उपचारमा नयाँ औषधि पत्ता लगाए बापत नोबेल पुरस्कार दिइएको हो । उनीहरुले गोलो जुकाको उपचारमा प्रयोग हुने एभरमेक्टिन औषधि पत्ता लगाएका थिए ।

नोबेल पुरस्कार समितिका अनुसार यी वैज्ञानिकहरुको खोजले करोडौँ मानिसलाई प्रभावित गराउने रोगहरुसँग लड्न सहयोग पूराएको तथा घातक परिजिवीजन्य रोगको उपचारमा क्रान्तिकारी परिवर्तन सम्भव गराएको छ ।

लामखुट्टेले सार्ने औलो रोगबाट विश्वमा हरेक वर्ष झण्डै साढे ४ लाख मानिसको मृत्यु हुन्छ भने करोडौँ मानिसहरु मलेरियाबाट संक्रमित हुने गरेका छन् ।

त्यस्तै गोलो जुकाबाट विश्वको एक तिहाइ जनसंख्या प्रभावित हुने गरेको छ । सब सहारा, दक्षिण एसिया तथा ल्याटिन अमेरिकाका मानिसहरु यस्तो परजिवीबाट सबैभन्दा बढि प्रभावित रहेका छन् । राउण्ड वर्म अर्थात् गोलो जुकाबाट रिभर ब्लाइन्डनेस तथा लिम्फ्याटिक फिलारियासिस जस्ता रोग लाग्दछन् । एभरमेक्टिन औषधिको खोजपछि रिभर ब्लाइन्डनेस रोग लगभग निर्मूल नै भएको र हात्तिपाइले रोगबाट हुने मृत्युमा पनि कमी आएको बताइएको छ ।

चिकित्सा शास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त ३ वैज्ञानिकले कुल ९ लाख अमेरिकी डलर रकम प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment