+
+
Shares

सीमाको गतिविधिबारे मोदीजीले ‘इन्क्वायरी’ गर्दैहुनुहुन्छ-दीपकुमार उपाध्याय

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २० गते ६:५४

२० असोज, काठमाडौं । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाल भारतको सीमामा भएको अवरुद्धबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्क्वायरी गरिरहेको बताएका छन् ।

Deep-Kumarनयाँ पत्रिकासँगको कुराकानीमा उपाध्यायले भने-‘संविधान जारी हुनुअघि भारतको ‘स्थिर र समृद्ध नेपाल बाहेक अरु स्वार्थ छैन’ भन्ने लाइनको कुरा थियो । म पनि ढुक्क भएँ । तर, पछि आएको प्रतिक्रियाबाट म हतप्रभ भएँ, अपेक्षा गर्दे नगरेको कुरा भइदियो ।’

उपाध्यायले मोदीलाई सीमामा भएको अवरोधबारे धेरै जानकारी नरहेको बताउँदै भने-‘मोदीजीको जानकारीमा सीमा अवरुद्ध भएकोमा मलार्य अहिले विश्वास छैन । बरु यसबारेमा मोदीजीले इन्क्वायरी गरिरहनुभएको छ भन्ने बुझेको छु । कुन तहको आदेशबाट यो भएको भन्नेमा उहाँहरु बुझ्दै हुनुहुन्छ ।’

भाजपाका एक उच्च नेताले नेपाली जनताको दुःख आफ्नो चाहाना नभएको भन्दै चाँडै यो समस्या समाधान गर्न लागि परेको बताएको भन्दै उपाध्यायले आफूले ती नेतालाई कहिले समस्या समाधान हुन्छ भनेर सोधेको बताएका छन् । यो घटनाले नेपाल मात्र होइन भारतका लागि पनि ठूलो पाठ भएको उपाध्यायको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?