+
+
Shares

काठमाडौंका लागि ११ ट्यांकर पेट्रोलियम पदार्थ पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २० गते १०:०२

Nepal-Oil

२० असोज, विराटनगर । काठमाडौंका लागि ११ ट्यांकर पेट्रोलिम पदार्थ विराटनगर क्षेत्रीय कार्यालयले पठाएको छ ।

मंगलबार राति ६ ट्यांकर डिजेल र ५ ट्यांकर पेट्रोल काठमाडौंका लागि पठाएको नेपाल आयल निगमको क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख थीलेन्द्र कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।

विराटनगरका रानी भन्सार कार्यालयबाट मंगलबार राति मात्रै १४ वटा पेट्रोल ट्यांकर, ११ वटा डिजेल ट्यांकर र चार वटा ग्यास बोकेका बुलेट भित्रिएको थियो ।

उक्त भन्सार हुँदै फलफूल तथा औद्योगिक क्षेत्रका कच्चा पदार्थ बोकेका दुईसय भन्दा बढी मालबाहक सवारी भित्रिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?