२० असोज, विराटनगर । काठमाडौंका लागि ११ ट्यांकर पेट्रोलिम पदार्थ विराटनगर क्षेत्रीय कार्यालयले पठाएको छ ।
मंगलबार राति ६ ट्यांकर डिजेल र ५ ट्यांकर पेट्रोल काठमाडौंका लागि पठाएको नेपाल आयल निगमको क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख थीलेन्द्र कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।
विराटनगरका रानी भन्सार कार्यालयबाट मंगलबार राति मात्रै १४ वटा पेट्रोल ट्यांकर, ११ वटा डिजेल ट्यांकर र चार वटा ग्यास बोकेका बुलेट भित्रिएको थियो ।
उक्त भन्सार हुँदै फलफूल तथा औद्योगिक क्षेत्रका कच्चा पदार्थ बोकेका दुईसय भन्दा बढी मालबाहक सवारी भित्रिएको कार्यालयले जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4