+
+
Shares

भारतमाथि कारवाही माग गर्दै राष्ट्रसंघलाई ज्ञापन

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २० गते १५:३३

UN

२० असोज, काठमाडौं । नेपालविरुद्ध भारतले गरिरहेको नाकाबन्दीको विषयलाई लिएर राष्ट्रसंघलाई ज्ञापनपत्र बुझाइएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बुझाएको ज्ञापनपत्रमा भारतले अन्तराष्ट्रिय कानूनका अभिसन्धीहरु उलंघन गरेको भन्दै कारवाही माग गरिएको छ ।

‘भूकम्पको विपत्तिबाट तंगि्रन नपाउँदै भारतले गरेको अघोषित तर अन्यायपूर्ण नाकाबन्दीले नेपाली जनजीवन समस्यामा परेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘भारतीय भूभागमा आन्दोलनकारीलाई बोलाएर सडक अवरोध गर्न प्रोत्साहित गरेको र तिनको व्यवस्थापन समेत गरिरहेकाले यो समस्या आएको हो ।’

हालै भारतका गृहमन्त्री राजनाथ सिंहले नेपालमा १ करोड भारतीय रहेको बताएको प्रसंग उल्लेख गर्दै ज्ञापनपत्रमा अहिले तिनै भारतीयलाई नेपाल विरुद्ध प्रयोग गरेको उल्लेख गरिएको छ । यो दुरावस्थाबाट मुक्तिका निम्ति संयुक्त राष्ट्र संघका महासचिवको सक्रिय चासो र भारतमाथि उचित कार्वाही गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

ज्ञापनपत्र बुझेपछि सुरक्षा अधिकृत रामबहादुर शाहले यो ज्ञापनपत्र कत्ति पनि ढिलो नगरी महासचिब समक्ष पठाइने आश्वासन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?