Comments Add Comment

छ करोडको कृषि आयोजना सञ्चालन गरिने

२१ असोज, चितवन । चितवनमा जिल्ला कृषि विकास कार्यालयमार्फत ५ करोड ९३ लाखका कृषि आयोजना सञ्चालन हुने भएका छन् ।

agreecultureअघिल्लो वर्षभन्दा कृषि कार्यालय चितवनको अख्तियारीमा सञ्चालन हुने बजेट दुई करोडभन्दा बढीले घटेको छ । अघिल्लो वर्ष  ८ करोड ६५ लाख रूपैयाँको कृषि आयोजना सञ्चालन भएको थियो ।

विभिन्न अनुदानमूलक कार्यक्रमसहित उक्त आयोजना सञ्चालन हुने जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । यो वर्ष माछा, मौरी र च्याउ खेतीका आयोजना घटेको कार्यालय प्रमुख सोमनाथ घिमिरेले जानकारी दिए ।

माछाका कार्यक्रम भने केन्द्रबाटै सञ्चालन हुने गरी निर्देशिका आइसकेको उनको भनाइ छ । तर माछाको कार्यक्रमका विषयमा छलफल भइरहेकाले केन्द्रबाटै सञ्चालन हुनेगरी कुनै न कुनै कार्यक्रम आउने उनले विश्वास व्यक्त गरे ।

गएको वर्ष ८० हेक्टर क्षेत्रफल विस्तारका लागि ८० लाख माछामा अनुदान थियो । च्याउ र मौरी विकास कार्यक्रमका लागि १ करोड २८ लाख बजेट थियो ।

यस्तै पुराना कार्यक्रम तेलहनबाली विकास, युवा लक्षित तरकारी खेतीलगायत कार्यक्रमले भने निरन्तरता पाएको छ । गएको वर्ष माछा, च्याउ र मौरीमा गएको वर्ष करिब रु दुई करोड बजेट सञ्चालन भएको थियो । भर्खरै कार्यक्रम स्वीकृत भएर आएकाले आयोजना कार्यान्वयनको तहमा जाने प्रक्रिया सुरु भएको घिमिरेले जानकारी दिए ।

यसवर्ष कृषि प्रसार कार्यक्रमका लागि ३ करोड ७६ लाख रकम विनियोजन गरेको छ । अघिल्लो वर्ष ३ करोड ४९ लाख बजेट रहेको थियो । यस्तै सहकारी खेती, साना सिँचाइ र मलबीउका लागि ५६ लाख, अभियानमुखी कार्यक्रम सञ्चालनका लागि  ४५ लाख, आलु तरकारी र मसला विकासका लागि ४३ लाख ५० हजार र विशेष कृषि उत्पादनका लागि  ५४ लाख रूपैयाँ बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment