Comments Add Comment

कांग्रेस आफ्नै नेतृत्वको सरकारको पक्षमा, प्रधानमन्त्रीमा तीन नेताको दाबी

Congress-Meeting

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरु आफ्नै नेतृत्वमा सरकार गठनको पक्षमा उभिएका छन् । तर, प्रधानमन्त्रीको उम्मेदवारबारे भने सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडलले दाबी गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइराला प्रमुख दलहरुबीच भएको भनिएको भद्र सहमतिलाई अफवाह भनेका छन् ।

कोइरालाले आफ्नै नेतृत्वमा सरकार गठन वा एमाले नेतृत्वमा जाने भन्दै दुई विकल्प प्रस्तुत गरे । कोइरालाले यसबारे केन्द्रीय सदस्यहरुको धारणा मागे । तर, धेरैले सुरुमा नेताहरुले बोल्नु पर्ने बताए ।

बैठकमा महामन्त्री कृष्ण सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्काले एमाले नेतृत्वमा सहमतिको सरकार बनाउनु पर्ने धारणा राखेका छन् । केहीले बहुमतीय सरकारमा जाँदा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख सबै गुम्न सक्ने भन्दै घुमाउरो शैलीमा त्यसको समर्थन गरेका छन् ।

तर, बहुमत नेताहरु आफ्नै नेतृत्वमा सरकार गठनको पक्षमा उभिएका छन् । पार्टी सभापति सुशील कोइराला नेतृत्वका धेरै नेताहरुले कांग्रेसकै नेतृत्वमा सहमतीय सरकार गठनको पहल गर्नु पर्ने बताएका छन् ।

वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नु पर्ने र देउवालाई उम्मेदवारका रुपमा अघि सार्नु पर्ने बताएका छन् ।

पार्टी सभापतिले भद्र सहमति भएको छैन भनेपछि यसबारे अब छलफल गर्नु नपर्ने भन्दै उनीहरुले सुशील कोइरालाले दोहोर्‍याएर प्रधानमन्त्री बन्दिँन भनेको स्मरण गराए । एक नेताले भने-‘पार्टी सभापति यसमा टिक्नुहुन्छ भन्ने हामीलाई विश्वास छ भनेर सम्झाइएको छ ।’

बैठकमा केशव बुढाथोकीले कोइरालाले ‘फादर अफ कन्टिच्युसन’ भन्दै के गर्नुपर्छ भनेर भन्नु नपर्ने बताए । नेता प्रदिप गिरीले महाभारतको अशोस्थामा हतोहत लोक सम्झँदै अघि बढ्नु पर्ने संकेत गरेका छन् ।

सञ्चारमन्त्री समेत रहेका मिनेन्द्र रिजालले भने केपी ओली भन्दै फेसबुक स्टाटस सुनाएका थिए । ओलीको स्टाटसमा ‘भारतको समर्थनमा प्रधानमन्त्री हुनुभन्दा स्वतन्त्र नागरिक भएर बस्छु’ भनिएको भन्दै रिजालले यसरी समस्या समाधन हुन्छ भनेर प्रश्न गरेका थिए ।

नेताहरुका अनुसार सरकारबारे भोलिको केन्द्रीय समिति बैठकले ठोस निर्णय गर्नेछ ।

यो पनि पढ्नुस्

कोइरालाले भने-‘भद्र सहमति’ अफवाह मात्र, कांग्रेसकै नेतृत्वमा सरकार बनाउँदा के हुन्छ ?

आफैं प्रधानमन्त्री हुने कि ओलीलाई दिने भन्नेमा कांग्रेस पदाधिकारी बिभाजित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment