Comments Add Comment

युरोकपको लागि स्वीडेनको टिम घोषणा

५ जेठ, काठमाडौं । आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकपको लागि स्वीडेनको टिम घोषणा भएको छ । मुख्य प्रशिक्षक जान एण्डरसनले मंगलबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

आन्द्रेस ग्रानभिस्टको कप्तानीमा घोषित टोलीमा भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच भने छैनन् । इटालियन क्लब एसी मिलानका लागि खेल्दै आएका इब्राहिमोभिचले चोटका कारण यसअघि नै युरो नखेल्ने बताइसकेका छन् ।

सन् २०१६ मा सन्यास लिएका इब्राहिमोभिचले ५ वर्षपछि सन्यास फिर्ता गर्दै स्वीडेनका लागि खेलेका थिए । तर युरोकप खेल्ने उनको चाहना यसपटक पूरा नहुने भएको हो ।

स्वीडेनको टिममा ३ गोलकिपर, ९ डिफेण्डर, १० मिडफिल्डर र ४ फरवार्ड छन् ।

समूह ‘ई’ मा रहेको स्वीडेनले पोल्याण्ड, स्पेन र स्लोभाकियासँग खेल्नेछ ।

मिनी विश्वकपको रुपमा परिचित युरोकपको १६औं संस्करण युरोपको विभिन्न देशका ११ शहरमा हुँदैछन् । प्रतियोगिताको ६०औं वर्षगाँठको रुपमा यसपटक धेरै देशमा युरोकप हुन लागेको छ ।

स्वीडेनको टिम

गोलकिपर : रोबिन ओल्सन, कार्ल योहान जोहानसन, क्रिस्टोफर नोडफेल्ट

डिफेण्डर : मिकेल लुस्टिग, भिक्टोर लिन्डेलोफ, आन्द्रेज ग्रानभिस्ट, मार्टिन ओल्सोन, लुडविग अगस्टिनसन, फिलिप हेलान्डर, एमिल क्राफ्ट, पोन्टुस जानसन, मार्कुस डानिएलसन

मिडफिल्डर : सेबास्टियन लार्सन, अल्बिन एकदाल, एमिल फोसवर्ग, गुस्ताभ स्भेनसन, डेजान कुलुसेभ्स्की, केन सेमा, भिक्टोर क्लासेन, मिथियस स्भानवर्ग, क्रिस्टोफर ओलसोन, जेन्स काजुस्ट

फरवार्ड : मार्कुस बर्ग, एलेक्जान्डर इसाक, रोबिन क्वाइसन, जोर्डन लार्सन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment