
५ जेठ, धनगढी । कञ्चनपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका– ५ वनगाउँ बस्ने २६ वर्षीय नवीन भाट र सोही ठाउँका २० वर्षीय रोहित सुनार छन् ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको भीमदत्त नगरपालिका–५ मा बिक्री वितरण भइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको कञ्चनपुर प्रहरी प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए ।
उनीहरुको साथबाट १.९४ ग्राम लागूऔषध खैरो हेरोइन बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4