Comments Add Comment

उत्तराखण्डका बच्चाहरूमा तीव्र रूपमा फैलियो कोरोना

५ जेठ,  काठमाडौं । उत्तराखण्डमा पछिल्लो डेढ महिनामा १६ हजारभन्दा धेरै बच्चा तथा १९ वर्षसम्मका किशोरमा संक्रमण देखिएको छ । स्टेट कन्ट्रोल रुम कोभिड १९ को वेभसाइटका अनुसार यसमा नौ वर्षको उमेरका ३०२० र १० देखि १९ वर्षबीचको १३ हजार ३९३ किशोरमा संक्रमण देखिएको छ ।

कोरोना संक्रमणको पहिलो घटना राज्यमा अघिल्लो वर्षको मार्चमा देखिएको थियो । झण्डै एक वर्षमा प्रदेशमा बच्चा र किशोरलाई संक्रमणको कुल सख्या १० हजार ७४० जना भेटिएको छ । तर एक महिना अर्थात् अप्रिल २०२१सम्म यो १८ हजारको आँकडा पार गर्यो ।

बच्चा र किशोरमा संक्रमण तीब्र रुपमा फैलिइरहेको छ । यसबाट यो जिज्ञासा उठेको छ कि उत्तराखण्डमा कोरोनाको तेस्रो लहर पुगिसकेको छ । जसको बारेमा भनिएको छ कि यसमा सबैभन्दा धेरै नोक्सानी बच्चा र किशोरहरुमा हुनेवाला छ ।

उत्तराखण्डमा डायरेक्टर नेसनल हेल्थ मिसन डा. सरोज नैथानी भन्छन् काहीँ न काही यो आँकडाले सिंगो भारतलाई सचेत गराइरहेको छ ।

उत्तराखण्डमा यही उमेरसमूहमा पनि विभिन्न वर्गका बच्चाहरु छन् । एकातिर ठूला भवनमा बसेर भिडियो गेम खेल्ने र अनलाइनबाट पढ्ने बच्चाहरुदेखि सानो झुपडीमा जीवन बिताउनेहरुसम्म छन् । अर्काे गाउँघरमा रहनेहरु बढी पहाडी भेगमा बस्छन् । उनीहरुमा यो भ्रम छ कि पहाडी भेगमा कोरोना संक्रमण देखिँदैन ।

डा. सरोज भन्छन्, ‘अहिले जुन आकडा आएको छ, त्यसमा हामी हेर्नुपर्छ कि कोरोना भाइरस कुन स्तरका बच्चामा धेरै देखिएको छ । के यो सबै देहरादून, हरिद्वार र उधमसिंह नगरका हुन् या पहाडी भेगका बच्चामा पनि देखिएको छ । हाम्रो सर्विलेन्स टीमले यसको खोजी सुरु गरिसकेको छ ।’

सरोज भन्छन् ‘महामारीको इतिहासलाई हेर्ने हो भने सामान्यतया महामारीको ३ देखि ४ वटासम्म लहर आउने गर्छ । भाइरस म्युटेड पनि भइरहेको छ । अहिलेसम्म मुलुकमा १८ वर्षभन्दा बढी उमेर समूहका मान्छेमा मात्रै कोरोना भाइरसको खोप लगाउने गरिएको छ । बचेका १८ वर्षभन्दा कम उमेरका बच्चाहरुमा यसको खतरा देखिएको हो ।’

विपक्षीको आरोप

उत्तरा खण्डको प्रमुख प्रतिपक्षी दलले भने उत्तराखण्डमा बच्चाहरुको हेरचाह गर्ने विशेषज्ञ नभएको आरोप लगाएको छ । विपक्षी पार्टी काँग्रेसका वरिष्ठ नेता किशोर उपाध्याय बच्चाको हेरचाह गर्ने विशेषज्ञ नभएकोले कोरोना संक्रमित बच्चालाई कसरी हेरचाह गर्ने ? भन्ने बारेमा समस्या भएको बताए । उनीहरुको मनोवैज्ञानिक रुपमा समेत मद्दत गर्नुपर्नेमा राज्मा कुनै तयारी नभएको आरोप लगाए ।

सरकारको तयारी

उत्तराखण्ड सरकारका प्रवक्ता तथा क्याबिनेट मन्त्री सुबोध उनियाल भन्छन्, “सरकारले बच्चाहरूको लागि छुट्टै कोविड अस्पताल तयार गरिरहेको छ, जसमा बच्चाहरूलाई छुट्टै कोठामा राखिनेछ । हामी यसमा होटेलहरू पनि समावेश गर्दछौं, जसले उनीहरूलाई कोविड अस्पताल बनाइन्छ, एकल कोठा सुविधा दिइदैछ, जसमा उनीहरूका अभिभावकहरू बच्चासँगै राख्नुप¥यो भने तिनीहरूलाई राख्न सकिन्छ ।“

सुबोध उनियाल राज्यमा पर्याप्त संख्यामा बाल विशेषज्ञहरू नभएको स्वीकार गर्छन् । तर तयार पारिएका सबै अस्पतालहरुमा बाल विशेषज्ञहरूको उपलब्धता रहेको उनी बताउँछन् ।

“हामीले सबै जिल्ला मजिस्ट्रेटहरू र प्रमुख मेडिकल अधिकारीहरुलाई अधिकार दिएका छौं, डाक्टरहरुको अभाव भए तत्काल भर्ती गर्न सक्ने अधिकार पनि दिएका छौं । “ उनले भने ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment