२२ असोज, काठमाडौं । सरकारले भारतसँग वार्ता गर्न परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नेतृत्वमा टोली बनाउने भएको छ ।
मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले भारतसँग वार्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
महेन्द्रबहादुर पाण्डेको नेतृत्वमा टोली बनाउने निर्णय भएपनि सदस्यहरु तय हुन बाँकी छ ।
टोलीले संविधानलाई लिएर असन्तुष्ट बनेको भारतले गरेको अघोषित नाकाबन्दी हटाउन उच्चस्तरीय वार्ता गर्ने छ ।
बैठकले इन्धन आपूर्ति सहज बनाउन आपूर्तिमन्त्री सुनिलबहादुर थापाको नेतृत्वमा अर्को टोली बनाउने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4