+
+
Shares

खुमबहादुरलाई २० लाख दिने मन्त्रिपरिषदको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २२ गते १२:४७

Khum Bahadur Khadka२२ असोज काठमाडौं । सरकारले कांग्रेस नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्कालाई द्वन्द्वकालमा माओवादीले भत्काएको घरको क्षतिपूर्तिस्वरुप २० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

आफ्नो कार्यकाल सकिनै लाग्दा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले शान्ति तथा पूननिर्माण मन्त्री नरहरी आचार्यको प्रस्तावमा खड्कालाई रकम दिने निर्णय गरेको हो ।

मनत्री आचार्यले सो प्रस्ताव राख्दा सुरुमा एमाले मन्त्रीहरुले असहमति जनाएका थिए । तर, मन्त्री आचार्यले खड्काको किड्नी फेल भएका प्रसंग अघि सारेर प्रस्ताव पारित गराउन सफल भए ।

‘उहाँको किड्नी फेल भएकाले उपचार खर्च दिनु सरकारको दायित्व हो,’ मन्त्री आचार्यको भनाइ उद्वृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो, ‘तर अहिले उपचार खर्च भनेर दिँदा विवाद आउँछ, त्यसैले क्षतिपूर्ति भनेर दिउँ ।’

खड्काको दाङमा रहेको घर द्वन्द्वकालमा माओवादी कार्यकर्ताले भत्काइदिएका थिए । घर भत्किएवापत खड्काले यसअघि पनि क्षतिपूर्ति लिइसकेका छन् ।

दुई साता अघि मात्र सरकारले औषधी उपचारका लागि भन्दै खड्कालाई नै १५ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । शुक्रबारको दोस्रो निर्णयपछि सुशील सरकारलाई जाँदाजाँदै खड्कालाई कुल ३५ लाख रुपैयाँ दिएका छन् ।

यसैवीच सरकारले विभिन्न नेता कार्यकर्तालाई दसैं खर्चका नाममा लाखौं बाँडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?