Comments Add Comment

‘आइएमई बचत दश लाख’ योजनाका विजेता घोषणा

IME

२२ असोज, काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले दशैंको अवसर पारेर सञ्चालन गरेको ग्राहक प्रवर्द्धनात्मक ‘आइएमई बचत दश लाख’ योजनाका सुरुका तीन हप्ताका विजेताको नाम सार्वजनिक गरेको छ ।

कम्पनीले ‘दशैं आयो, खर्च हुन्छ, आइएमई गर्नुहोस्, बचत हुन्छ’ भन्ने नारासहित असोज १ गतेदेखि प्रवर्द्धनात्मक योजना सञ्चालन गरेको थियो ।
आइएमईबाट यो अवधिमा आप्रवाह भएको बाहृय तथा आन्तरिक रेमिट्यान्स ट्रान्जेक्सन नम्बरका आधारमा डिजिटल लक्की ‘ड्र’ गरी दैनिकतर्फ २१ जना र साप्ताहिकतर्फ ३ जना सेवाग्राही विजेता घोषणा गरेको हो ।

विजेतामा रकम पठाउनेतर्फ मलेसिया, कतार, दुबई, बहराईन, साउदी अरव, भारत एवं आन्तरिक रेमिटेन्स सेवातर्फका सेवाग्राही विजेता भएका छन् ।

कम्पनीले दैनिक लक्की ‘ड्र’ मा छनोट हुनेलाई ५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

साप्ताहिक लक्की ‘ड्र’ मा विजेता हुने भीम नमराज गिरी, तेज बहादुर नेपाल र राजेन अधिकारीलाई ५०/५० हजार रुपैयाँको बचत खाता ग्लोबल आइएमई बैंकमा खोलाएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment