२४ असोज, काठमाडौं । मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस उम्मेद्वार सुशील कोइरालालाई समर्थन गर्ने निर्णय गरेको छ । मधेसी मोर्चाले संविधान अस्वीकार गर्दै आन्दोलन गरेपनि त्यही संविधान अनुसार हुन लागेको प्रधानमन्त्री चुनावमा भने भाग लिन लागेको हो ।
तमलोपाका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्री चुनावमा कोइरालालाई भोट हाल्ने निर्णय भएको जानकारी दिए । ‘उग्रबामपन्थी, अतिवादी, फासिस्ट नेतृत्व विरुद्ध उभिने निर्णय गरेका छौं,’ उनले भने ।
मधेस आन्दोलन त कोइराला प्रधानमन्त्री भएकै बेला भएको थियो नि ? भन्ने सञ्चारकर्मीका् प्रश्नमा शुक्लाले भने-‘कसको नेतृत्व भन्दा पनि कसको बोलीले भनेर बुझ्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4