+
+
Shares

मधेसी मोर्चासँगको वार्तालाई प्राथमिकता दिन एमाओवादीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते १२:२२

२५ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीले मधेसी, थारु लगायतका आन्दोलनरत पक्षसँगको वार्तालाई प्राथमिकता दिन सरकारलाई अग्रह गरेको छ ।

Madhesi Morcha bartaनयाँ सरकार गठनको प्रक्रिया सुरु भएपछि मधेसी मोर्चा र थारु आन्दोलनकारीसँगको वार्ता ओझलमा परेको छ । यसअघि तत्कालीन वनमन्त्री महेश आचार्यसहित तीन दलीय वार्ता टोली सक्रिय थियो । तर, अब नयाँ वार्ता टोली बन्ने कि पुरानोलाई नै निरन्तरता दिने भन्नेबारे तीन दलसँग छलफल हुन सकेको छैन ।

एमाओवादी पदाधिकारी बैठकले मधेसी, थारु लगायतका आन्दोलरत पक्षसँग वार्ता र उनीहरुको जायज मागको राजनीतिक सम्बोधनलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले अनलाइनखबरलाई बताए ।

केपी ओलीको नेतृत्वमा सरकार गठनका क्रममा एमाओवादी र एमालेबीच भएको १४ बुँदे र एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकबीच भएको ८ बुँदेमा पनि आन्दोलनरत पक्षलाई राजनीतिक सम्बोधन गर्ने र संविधान संशोधन गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?