२५ असोज, काठमाडौं । नेपाल एसबिअाइ बैंकबाट प्रधानमन्त्री निर्वाचनको अघिल्लो दिन भारतीय दूताबासका कर्मचारीले भारतबाट अाएको ९३ करोड रूपैयाँ झिकेको भन्ने हल्लामात्रै भएको दाबी गरेको छ ।
फेसबुक र ट्विटरमा भएको हल्लाका अाधारमा मिडियाले समाचारसमेत बनाएको भन्दै बैंकले विज्ञप्ती जारी गरी खण्डन गरेको छ। सञ्चार माध्यमहरुमा उल्लेख गरिएको व्यक्तिको नाम र खाता नम्बरको कुनै बैँक खाता नै नरहेको बैंकले दाबी गरेको छ ।
‘अनलाइन सञ्चार माध्यमहरुमा उल्लेख गरिएको व्यक्तिको नाम र खाता नम्बरको कुनै बैँक खाता नै नरहेको पाइएको हुँदा सूचना झुठा र तथ्यहीन भएको प्रष्ट पार्छौँ ।’ कम्पनी सचिव तथा प्रमुख सूचना अधिकारी रमेश घिमिरेले जारी गरेो विज्ञप्तीमा भनिएको छ ।
मधेस अान्दोलन सुरू भएका बेला पनि भारतीय दूताबासका कर्मचारीले एसबिअाइ बैंकबाट ३ अर्ब रूपैयाँ निकालेको हल्ला चलेको थियो ।
प्रतिक्रिया 4