+
+
Shares

जहाजले ओसार्दा तेल सस्तो !

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २६ गते ६:४१

Nepal-Airlines२६ असोज, काठमाडौं । केही दिनदेखि हवाई जहाजमा तेल ओसारिरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानी)लाई नेपाल आयल निगमसँग काठमाडौंमा किन्दा भन्दा भारतको कोलकाताबाट ओसार्दा इन्धन सस्तो पर्ने देखिएको छ ।

निगमका अनुसार आयल निगमसँग हवाई इन्धन किन्दा प्रतिकिलोलिटर करिब एक हजार तीन सय ५० डलर -एक लाख ३० हजार पाँच सय रुपैयाँ पर्छ ।

त्यही इन्धन कोलकातामा प्रतिकिलोलिटर चार सय ७० डलर -४० हजार सात सय रुपैयाँमा पाइन्छ । काठमाडौंबाट कोलकाताको हवाई दुरी ४५ मीनेटमात्र छ । यहाँभन्दा कोलकातामा इन्धनको भाउ साढे तीन गुणा सस्तो रहेको नागरिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?