+
+
Shares

सुहाङले गरे एमाले संसदीय दलको नेतामा दाबी

पार्टीको विधि पद्धति तथा वरिष्ठताक्रमको विषयमा आफू अवगत रहेको र त्यसलाई सम्मान गरेको भन्दै उनले अहिलेको आवश्यकता युवा नेतृत्व भएको बताएको बैठकमा सहभागी एक नेताले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पार्टी संसदीय दलको नेतामा दाबी गरेका छन्।
  • पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा उनले युवा नेतृत्वको आवश्यकता औंल्याए।
  • उनले भने, 'मेरो नारा नै अहिलेको आवश्यकता युवाको ऊर्जासँगसँगै अग्रजको अनुभव र आशिर्वाद हो।'

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पार्टी संसदीय दलको नेतामा दाबी गरेका छन् । पार्टी कार्यालय च्यासलमा आज बसेको दलको बैठकमा उनले दलको नेतामा दाबी गरेका हुन् ।

पार्टीको विधि पद्धति तथा वरिष्ठताक्रमको विषयमा आफू अवगत रहेको र त्यसलाई सम्मान गरेको भन्दै उनले अहिलेको आवश्यकता युवा नेतृत्व भएको बताएको बैठकमा सहभागी एक नेताले बताए ।

‘अहिलेको जनभावना अनुरुप, आवश्यकता अनुसार र सँगसँगै पार्टीले नै अवलम्बन गरेको सिद्धान्त प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र लोकतान्त्रिक अभ्यासलाई पनि अपनाउने हुँदा म आफ्नो इच्छा व्यक्त गर्दछु,’ सुहाङको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

‘अहिले देशको परिस्थितिलाई नजरअन्दाज नगर्न उनले नेताहरुलाई अनुरोध गरे । ‘यो परिस्थितिको आवश्यकता के हो त ?’ प्रश्न गर्दै उनले भनेका थिए, ‘सदन र सदन बाहिरको अवस्थालाई हामीले हेरेर बुझ्न सक्छौं ।’

‘मेरो भनाइ बिल्कुल पनि अग्रजले गर्न सक्नुहुन्न भन्ने होइन । मेरो नारा नै अहिलेको आवश्यकता युवाको ऊर्जासँगसँगै अग्रजको अनुभव र आशिर्वाद हो,’ सुहाङको भनाइ थियो ।

यसअघि सांसद पदको शपथ ग्रहण गर्न सिंहदरबार पुगेका बेला सुहाङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय दलको नेता बन्न आफू तयार रहेको बताएका थिए ।  ‘पार्टीले मलाई अगाडि बढ भन्दा मैले खुट्टा कमाउदिनँ,’ उनले भनेका थिए ।

इलाम-२ बाट दोहोरिएर निर्वाचित सुहाङ ३६ वर्षका छन्।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?