+
+
Shares

पार्टीले संसदीय दलको नेतामा अगाडि बढाए खुट्टा कमाउँदिन : सुहाङ

नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता बन्न आफू तयार रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते १४:५०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता बन्न आफू तयार रहेको बताएका छन्।
  • नेम्वाङले संसदीय दलको नेताबारे पार्टीभित्र छलफल नभएको र अग्रज शोकमै हुनुहुने कारणले छलफल नहुँदाको जानकारी दिनुभयो।
  • उनले भने, 'पार्टीले मलाई अगाडि बढ भने मैले खुट्टा कमाउदिनँ' र सामाजिक सञ्जालमा उठेका कुरालाई शुभेच्छा ठानेको बताउनुभयो।

१२ चैत, काठमाडौ । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता बन्न आफू तयार रहेको बताएका छन् ।

सांसद पदको शपथ ग्रहण गर्न सिंहदरबार पुगेका नेम्वाङले सञ्चरकर्मीहरूसँग संसदीय दलको नेताबारे पार्टीभित्र छलफल नभएको बताए ।

‘हाम्रो अग्रज अभिभावक अहिलेसम्म शोकमै हुनुहुन्थ्यो । त्यही कारणले हाम्रो पार्टीभित्र यसबारेमा छलफल भइसकेको अवस्था छैन,’ उनले भने, ‘सामाजिक सञ्जाल र बाहिर जुन तरिकाले कुरा उठिरहेको छ । त्यो उहाँहरूको शुभेच्छा हो, म त्यो प्रति सम्मान गर्छु ।’

संसदीय दलको नेताबारे अब पार्टी अगाडि बढाए आफू तयार हुने नेम्वाङले बताए । ‘पार्टीले मलाई अगाडि बढ भन्दा मैले खुट्टा कमाउदिनँ,’ उनले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?