+
+
Shares

इलामका दुवै क्षेत्रमा एमालेको अग्रता

इलाम-१ मा एमाले उम्मेदवार काजीमान कागतेले अग्रता लिँदा इलाम-२ मा सुहाङ नेम्वाङले अग्रता जोगाइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १६:०१

२३ फागन, इलाम । इलामका दुवै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । इलाम-१ मा एमाले उम्मेदवार काजीमान कागतेले अग्रता लिँदा इलाम-२ मा सुहाङ नेम्वाङले अग्रता जोगाइरहेका छन् ।

इलाम–१ मा कागते दुई हजार ८०३ मतसहित अग्रस्थानमा रहँदा नेपाली काङ्ग्रेसका निस्कल राई दुई हजार ५८९ मतसहित पछ्याइरहेका छन् ।

सुरुवातमा अग्रता लिइरहेका श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बू भने दुई हजार ५४६ मतसहित तेस्रो स्थानमा छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का विमल गदाल एक हजार २४४ मतसहित चौैथो स्थानमा छन्  भने नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राईले ९६९ मतसहित पाँचौँ स्थानमा छन् ।

इलाम–२ मा १२ हजार ५७४ मतसहित सुहाङ नेम्वाङ अग्रस्थानमा रहँदा श्रम संस्कृति पार्टीका सुदीप राईले १० हजार ८३६ मतसहित पछ्याइरहेका छन् ।

कांग्रेसका भेषराज आचार्यले छ हजार ८७१ मतसहित तेस्रो स्थानमा छन् । रास्वपाका गोकुलबहादुर राई तीन हजार ४५१ मत प्राप्त गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?