१९ पुस, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई सिफारिस गरेको छ ।
पार्टीको शनिबार बसेको जिल्ला कमिटी बैठकले उनलाई सर्वसम्मत रुपमा एकल सिफारिस गरेको हो ।
सुहाङ एमालेका केन्द्रीय सदस्य हुन् । गत ०८० वैशाख १५ गते भएको उपनिर्वाचनमा सुहाङ सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनका बुवा सुवास नेम्वाङको निधनपछि रिक्त रहेको क्षेत्रमा एमालेले उनलाई उम्मेदवार बनाएको थियो ।
त्यतिबेला कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि २७ हजार ७७२ मतसहित सुहाङ विजयी भएका थिए ।
सुहाङ एमालेको युवा जमातमा लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4