+
+
Shares

इरानी नौसेना कमान्डर अलिरेजा मारिएको इजरायलको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलले इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्सका नौसेना कमान्डर अलिरेजा ताङसिरीलाई मारिएको दाबी गरेको छ।
  • इजरायली रक्षामन्त्री काट्जले ताङसिरी 'हर्मुजको जलडमरूमा बम विस्फोट र अवरोधका लागि प्रत्यक्ष जिम्मेवार' रहेको उल्लेख गर्नुभएको छ।
  • अलिरेजा ताङसिरीलाई सन् २०१८ मा आईआरजीसी नौसेना कमान्डर नियुक्त गरिएको थियो र सन् २०१९ मा उनले हर्मुज जलडमरू बन्द गर्ने धम्की दिएका थिए।

काठमाडौं । इजरायलले इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) का नौसेना कमान्डर अलिरेजा ताङसिरीलाई मारेको दाबी गरेको छ ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले ताङसिरी ‘हर्मुजको जलडमरूमा बम विस्फोट र अवरोध जस्ता आतंकवादी कार्यका लागि प्रत्यक्ष रूपमा जिम्मेवार रहेको र उनको मृत्यु भएको दाबी गरे ।

इजरायली आक्रमणमा अलिरेजासहित अन्य वरिष्ठ नौसेना कमान्ड अधिकारीहरू पनि मारिएको दाबी उनले गरेका छन् ।

यद्यपि इरानले भने अहिलेसम्म यसको पुष्टि गरेको छैन ।

को हुन् अलिरेजा ?

अलिरेजा ताङसिरीलाई सन् २०१८ मा इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) को नौसेना कमान्डर नियुक्त गरिएको थियो । यसअघि उनी सन् २०१० देखि आईआरजीसी नौसेनाको उपकमान्डरको रूपमा सेवा गर्दै आएका थिए ।

सन् २०१९ मा, उनले इरानको तेल निर्यातमा कुनै अवरोध आएमा हर्मुजको जलडमरूम बन्द गर्ने धम्की दिएका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?