+
+
Shares

ट्रम्पले भने- अमेरिकाले नेटोबाट केही चाहँदैन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते १९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोलाई इरानको मामलामा सहयोग नगरेको भन्दै आलोचना गरेका छन्।
  • ट्रम्पले ट्रुथ सोसियलमा लेख्दै अमेरिकालाई नेटोबाट केही चाहिँदैन भनेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्दै उनले नेटोको आलोचन गरेका हुन् ।

उनले ट्रुथ सोसियलमा लेखेका छन् , ‘इरान जस्तो ‘पागल देश’ को मामलामा नेटो देशहरूले हामीलाई सहयोग गरेनन्, जुन अहिले सैन्य रूपमा पूर्ण रूपमा ध्वस्त भइसकेको छ । अमेरिकालाई नेटोबाट केही पनि चाहिँदैन, तर म यो महत्त्वपूर्ण बुँदा कहिल्यै बिर्सने छैन ।’

ट्रम्पले विश्वका देशहरूलाई ‘स्ट्रेट अफ होर्मुज’ खोल्न नौसेना पठाउन अपिल गरेका थिए।

ट्रम्पले १४ मार्चमा सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका थिए , ‘आशा छ, चीन, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायत र अन्य प्रभावित देशहरूले पनि यस क्षेत्रमा जहाज पठाउनेछन् ताकि पूर्ण रूपमा नष्ट भएको देशबाट होर्मुजको जलडमरूलाई अब खतरा नहोस् । जे भए पनि, हामी चाँडै नै होर्मुजको जलडमरूलाई खुला, सुरक्षित र स्वतन्त्र बनाउनेछौं ।’

यद्यपि, होर्मुजको जलडमरू अझै पनि बन्द छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?