२२ फागुन, काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता कायमै राखेका छन् ।
निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार, नेम्वाङले ९२४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका सुदिप राईले ८४१ मत प्राप्त गरेका छन् ।
कांग्रेसका भेषराज आचार्यले ४६३ मत प्राप्त गरेका छन् भने चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार गोकुल बहादुर राईले ३१९ मत प्राप्त गरेका छन् ।
यो क्षेत्रबाट यसअघि भएको उपनिर्वाचनमा सुहाङ निर्वाचित भएका थिए । यसपटक यहाँ श्रम संस्कृति पार्टीका राईसँग कडा प्रतिस्पर्धा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4