News Summary
Generated by OK AI. Editorially reviewed.- इराकले ३० वर्षपछि पहिलो पटक फिफा विश्वकप २०२६ मा स्थान बनाएको छ ।
- इराकले मेक्सिकोको ग्वाडालुपेमा भएको प्लेअफ फाइनलमा बोलिभियालाई २–१ ले हराएको हो ।
- खेलको १०औं मिनेटमा अली अल हमादीले गोल गरेपछि आयमेन हुसेनले दोस्रो हाफको ५३औं मिनेटमा निर्णायक गोल गरे ।
१८ चैत, काठमाडौं । इराकले ३० वर्षपछि पहिलो पटक फिफा विश्वकप फुटबलमा स्थान बनाएको छ।
मेक्सिकोको ग्वाडालुपेस्थित मोन्टेरे स्टेडियममा भएको अन्तरमहादेशीय प्लेअफको दोस्रो फाइनलमा इराकले बोलिभियालाई २–१ ले हराउँदै फिफा विश्वकप २०२६ मा स्थान सुनिश्चित गरेको हो।
खेलको १०औं मिनेटमा अली अल हमादीले गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए। तर ३८औं मिनेटमा मोइसेस पानिगाले बराबरी गोल फर्काउँदै खेल प्रतिस्पर्धात्मक बनाएका थिए।
दोस्रो हाफको ५३औं मिनेटमा आयमेन हुसेनले निर्णायक गोल गरेपछि इराकले २–१ को जित निकालेको हो। उनले मार्को फार्जीको क्रसलाई सदुपयोग गर्दै नजिकबाट गोल गरेका थिए।
यस जितसँगै ‘लायन्स अफ मेसोपोटामिया’ भनेर चिनिने इराकले तीन दशक लामो प्रतिक्षा अन्त्य गर्दै विश्वकपमा स्थान पक्का गरेको छ।
प्रतिक्रिया 4