Comments Add Comment

काठमाडौंमा तेल भर्न तनाव (फोटो फिचर)

pretrol ko line (18)

२६ असोज, काठमाडौं । काठमाडौं उपत्यकाका पेट्रोलपम्पहरुमा इन्धन भर्न निजी सवारी साधनहरुको लामो लाइन लागेको छ । निजी सवारी साधनहरुलाई पेट्रोलपम्पहरुबाट मंगलबार तेल बाँडिदैछ ।

तर, सवारी साधनको लाइनलाई हेर्दा ति सबैलाई तेल पुर्‍याउन नसकिने निगमको भनाइ छ । काठमाडौं उपत्यकामा दैनिक चालीस लाख पेट्रोल खपत हुने भए पनि मंगलबार ६ लाख लिटर मात्रै बाँड्ने निगमको योजना छ ।

pretrol ko line (21)
भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि निजी सवारी साधनलाई तेल बाँड्न बन्द गरेर सार्बजनिक सवारी साधनहरुलाई मात्रै बाँडिएको थियो । मंगलबार निजी गाडीहरुलाई पनि तेल बाँड्ने जानकारी पाएदेखि नै पेट्रोलपम्प अगाडी सवारी साधनहरुको लाइन लाग्न सुरु गरेको थियो ।

ललितपुरको साझा पेट्रोलपम्ममा शनिबारदेखि नै मोटरसाइकल, स्कुटर र कारहरुको लाइन लागेको थियो । सो लाइन पाटन कृष्ण मन्दिरभन्दा पनि परसम्म पुगेको छ । तेल भर्ने गाडीहरूकाे दोहोरो तेहेरो लाइनले यातायात ट्राफिक व्यवस्थापनमा समेत असहज भएको छ ।

pretrol ko line (19)यसैगरी भद्रकालीस्थित नेपाली सेनाको पेट्रोलपम्पमा तल भर्नका लागि पालो कुरेर बसेका मोटरसाइकलहरुको लाइनले बबरमहल क्रस गरिसकेको छ ।

नयाँबानेश्वरस्थित ब्रदर्श पेट्रोल पम्पमा तेल भर्नेहरुको लाइन शंखमुलसम्म पुगेको छ । नक्सालस्थित प्रहरीको पेट्रोलपम्पको लाइन नागपोखरी भन्दा परसम्म पुगेको छ ।

नेपाल आयल निगमले दशैंमा काठमाडौंबाट घर जान चाहनेहरुलाई सहज होस् भनेर निजी मोटरसाइकल, कार र भ्यानहरुलाई मंगलबार तेल दिन लागेको हो ।  घण्टौंसम्म लाइनमा लागेकाहरू थकित र तनाव मुद्रामा देखिन्छन् । तेल भर्नका लागि ब्लुबुक अनिवार्य रुपमा बोक्न सवारी चालकहरुलाई भनिएको छ ।

pretrol ko line (23) pretrol ko line (22)

pretrol ko line (16)

pretrol ko line (17)

pretrol ko line (20)

pretrol ko line (15)

तस्वीर : कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment