Comments Add Comment

एनसेलले ल्यायो पैसा ब्याक अफर

२६ असोज, काठमाडौं । एनसेलले पैसा ब्याक नामक नयाँ योजना ल्याएको छ । जसअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम बराबरको मेन ब्यालेन्स प्रयोग गर्दा त्यति नै रकम बराबरको बोनस ब्यालेन्स प्राप्त गर्नेछन् ।

ncellचाडपर्वको अवसरमा आफ्ना ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यले ल्याएको यो योजना यहि असोज २७ बाट लागु हुनेछ । एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले १७१२४ मा डायल गरि यो योजनामा निःशुल्क सहभागी भई लाभ लिन सक्नेछन् ।

सहभागितासँगै ग्राहकले वोनस प्राप्त गर्न आफुले प्रयोग गर्नु पर्ने रकमको जानकारी पाउनेछन् । उक्त रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुने बितिक्कै सोहि बराबरको बोनस ब्यालेन्स तत्काल प्राप्त हुनेछ ।

यसरी प्राप्त बोनसलाई ग्राहकले एनसेल नेटर्वक भित्र कल गर्न, एसएमएस, एमएमएस पठाउन तथा ईन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । बोनस एक दिनमा एक पटक प्राप्त हुनेछ र प्रप्त बोनस त्यहि दिन मध्यरात सम्म मान्य हुनेछ ।

भोलिपल्ट पुनःतोकिएको रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुँदा ग्राहकले फेरि सोहि रकम बराबरको बोनस प्राप्त गर्नेछन् । यसरी एक पटक योजनामा सहभागी भएपछि ग्राहकले योजना अवधिभर प्रत्येक दिन लाभ प्राप्त गरि आफ्ना प्रियजनसँग थप सम्पर्कमा रहन सक्नेछन् ।

‘चाडपर्वको आगमनसँगै हामी आफ्ना आफन्तजन, साथीभाईसँग बढी भन्दा बढी सम्पर्कमा रहन चाहन्छौं । ग्राहकको यहि चाहनालाई कदर गर्दै एनसेलले यो योजना ल्याएको हो । यसले ग्राहकलाई थप मूल्य प्रदान गर्दै आफ्ना प्रियजनसँग अझ बढी सम्पर्कमा रहन सहज बनाउने छ’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । यो योजना ९० दिनको लागी मान्य हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment