+
+
Shares

बेवास्ताले मधेस आन्दोलनमा आक्रोश बढ्दैछ

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते ६:३५

Bara-aandolan
१ कात्तिक, काठमाडौं । संविधानमा प्रस्तावित प्रदेश नं २ अन्तर्गत पर्सादेखि सप्तरीसम्मको तराई–मधेसमा जनआक्रोशको फिलिङ्गो फैलँदो छ । नागरिकले असोज ८ देखि २२ सम्म तराई–मधेसका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीका सर्वसाधारण, बुद्धिजीवी, राजनीतिकर्मी, व्यवसायीसँग वार्तालाप गर्दा अधिकांशको बोलीमा आक्रोश मिसिएको थियो ।

आक्रोश किन र कोसँग ? जनस्तरमा राजनीतिक मुद्दाभन्दा पनि लामो समयसम्म मधेसमा चलेको आन्दोलनलाई केन्द्रले बेवास्ता गरेको गुनासो धैरे सुनिन्छ । मध्य र पूर्वी नेपालका तराई–मधेसमा मधेसी मोर्चाहरूले गरेको आन्दोलन ६७ दिन पुगेको छ । सीमा नाका अवरोध भएको पनि २४ दिन नाघेको नागरिकमा खबर छ । आक्रोशको केन्द्रमा काठमाडौं अर्थात् सत्ता छ । केन्द्रले मधेसका माग सुुन्न चाहँदैन भन्ने गुनासो यत्रतत्र सुनिन्छ । लामो समयसम्म आन्दोलन, बन्द, हडताल र नाकाबन्दीको अस्त्र चलाउँदा पनि काठमाडाैंले मधेसलाई बेवास्ता गरेको अनुभव जनसाधारणको बोलीमा अभिव्यक्त हुन्छ ।

त्यस्तै अभिव्यक्ति दिनेमध्येका हुन बारा सिम्रौनगढका राजाराम प्रसाद । उनी भन्छन्, ‘हामीलाई काठमाडौंले वास्ता गरेन, काठमाडांैको सत्ताले हेपेको छ ।’

लामो समयसम्म मधेस बन्द, हडतालमा हुँदा पनि त्यसको समाधानमा सत्ता पक्ष तयार नभएको उनको आरोप थियो । ‘हामी डेढ महिनादेखि बन्दको चपेटामा छौं, उता काठमाडौंमा दीपावली भइरहेको छ,’ उनले भने ।

कांग्रेसका पुराना कार्यकर्ता राजाराम आफ्नो पार्टीप्रति पनि सन्तुष्ट छैनन् । ‘हामी मधेसीले कांग्रेसलाई भोट दियौं,’ उनले भने, ‘कांग्रेसले हाम्राबारे सोच्दै सोचेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?