+
+
Shares

माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते ९:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माबिलुङ इनर्जीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले काठमाडौंमा गरेको छ।
  • कुल २२ लाख ५ हजार ८७१ जनाले आईपीओमा आवेदन दिएका थिए, जसमा ५.६८ प्रतिशतले मात्र सेयर पाएका छन्।
  • कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ९५ पैसा र पहिलो कारोबार मूल्य १०६ रुपैयाँ ९५ पैसादेखि ३२० रुपैयाँ ८५ पैसासम्म हुने अनुमान गरिएको छ।

८ भदौ, काठमाडौं । सर्वसाधारणका लागि यसअघि खुलेको माबिलुङ इनर्जीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले एक औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो ।

साउन २६ देखि २९ गतेसम्म आईपीओमा आवेदन खुलेको थियो । कुल २२ लाख ५ हजार ८७१ जनाले आईपीओमा आवेदन दिएका थिए । जसमध्ये ८ हजार २८९ जनाको आवेदन विविध कारणले रद्द भएको थियो ।

स्वीकृत २१ लाख ९७ हजार ५८२ आवेदनमध्ये ५.६८ प्रतिशतले सेयर पाएका छन् । बाँकी ९४.३२ प्रतिशतको हात रित्तो भएको छ । १ लाख २४ हजार ८९० जनाले आईपीको पाएका छन् । यीमध्ये १ लाख २४ हजार ८८६ जनाले १० कित्ताका दरले पाएका छन् भने ४ जनाले ११ कित्ताका दरले पाएका छन् ।

आईपीओको नतिजा केही बेरपछि अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।

चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ९५ पैसा छ भने प्रतिसेयर आम्दानी १ रुपैयाँ ५ पैसा छ ।

बजारमा सूचीकृत भएपछि सो नेटवर्थलाई आधार मान्दा कम्पनीको पहिलो कारोबार १०६ रुपैयाँ ९५ पैसादेखि ३२० रुपैयाँ ८५ पैसासम्म हुनेछ । पहिलो कारोबारपछि सोही दिन मूल्य बढीमा १० प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?