
News Summary
Generated by OK AI. Editorially reviewed.- विकास हाइड्रोपावरको सर्वसाधारणका लागि निष्कासन गरिएको २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ आइतबार प्रभु क्यापिटलले बाँडफाँट गरेको छ।
- २० लाख ४३ हजार ६८६ आवेदनमध्ये २ लाख ९४ हजार २७६ जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी १७ लाख ४९ हजार ४१० आवेदकको हात रित्तो भएको छ।
- कम्पनीले गोरखा जिल्लाको धार्चेमा ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत् आयोजना सञ्चालन गरेको छ र यसको कुल लागत १ अर्ब ११ करोड ८२ लाख रुपैयाँ छ।
२९ असार, काठमाडौं । सर्वसाधारणका लागि खुलेको विकास हाइड्रोपावरको आईपीओ आइतबार बाँडफाँट भएको छ ।
बिक्री प्रवन्धक प्रभु क्यापिटलले एक औपचारिक कार्यक्रम आयोजना गरी आईपीओ बाँडफाँट गरेको हो । सर्वसाधारणका लागि कुल २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गरेको थियो ।
सो सेयरमा २० लाख ४३ हजार ६८६ आवेदन रितपूर्वक भरिएको थियो । रितपूर्वक दिएका आवेदकमध्ये २ लाख ९४ हजार २७६ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।
बाँकी १७ लाख ४९ हजार ४१० आवेदकको हात रित्तो भएको छ । आईपीओको नतिजा केही बेरपछि आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।
कम्पनीले गोरखा जिल्लाको धार्चेमा माथिल्लो माछाखोला साना जलविद्युत् आयोजना सञ्चालन गरेको छ । जुन ४.५५ मेगावाट क्षमताको छ । यस आयोजनाको कुल लागत १ अर्ब ११ करोड ८२ लाख रुपैयाँ छ । प्रतिमेगावाट लागत २४ करोड ५७ लाख ६८ हजार रुपैयाँ छ ।
गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३७ पैसा छ । प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ७६ पैसा छ । कम्पनीको सञ्चित नाफा १ करोड २८ लाख रुपैयाँ छ ।
प्रतिक्रिया 4