+
+
Shares

ट्रेड टावरको आईपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १०:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा ट्रेड टावरको आईपीओ बाँडफाँट आज सम्पन्न भयो।
  • कुल ३ लाख २९ हजार ६५० आवेदकले सेयर प्राप्त गरे।
  • आईपीओको नतिजा अनलाइन प्रणालीबाट हेर्न सकिन्छ।

१ असार, काठमाडौं । सर्वसाधारणका लागि निष्कासन भएको ट्रेड टावरको आईपीओ आज बाँडफाँट भएको छ । बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले एक कार्यक्रमका बीच आईपीओ बाँडफाँट गरेको हो ।

कुल ३ लाख २९ हजार ६५० आवेदकले सेयर पाएका छन् । तीमध्ये ५ जनाले ११ कित्ताका दरले र बाँकी ३ लाख २९ हजार ६४५ जनाले १० कित्ताका दरले सेयर पाएको क्यापिटलले जनाएको छ ।

आईपीओको नतिजा केहीबेरमा अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमार्फत हेर्न सकिनेछ । सर्वसाधारणका लागि कुल ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासन गरिएको थियो । सोही सेयर आज बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा २० लाख ५९ हजार ३८८ आवेदन रितपूर्वक परेको थियो । यीमध्ये १७ लाख २९ हजार ७३८ जना आवेदकको हात रित्तो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?