+
+
Shares

फुटबलप्रेमी सर्वेन्द्र खनाल र म्याच फिक्सिङ प्रकरण

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २ गते १८:५३

Sarbendra-Khanal

तस्वीरः हिमालय टाइम्स

रमेश धमला

एक फुटबलप्रेमी हुन् एसएसपी सर्वेन्द्र खनाल । पछिल्ला केहि वर्षदेखि नेपाली राष्ट्रिय फुटबल टिमले लगातार व्यहोरेको हारले अन्य फुटबलपे्रमी नेपाली जस्तै उनलाई पनि हतास तुल्याएको थियो । जब नेपालले मैत्रीपूर्ण म्याचमा बहराइनसँग ९ गोल र अफगानिस्तानसँग ७ गोल खायो, उनलाई बढि नै खट्कियो । त्यसपछि उनले नेपाली फुटबल टिममाथि अर्कै ढंगले ध्यान दिन थाले र फुटबलसँग सरोकार राख्ने विभिन्न संघ-संस्थाका व्यक्तिहरुसँग समन्वय गरेर सुचना संकलन गर्न थाले ।

एसएसपी खनाल नाम उल्लेख नगरी भन्छन्, ‘नेपालका फुटबलसँग सम्बन्धित एक व्यक्तिले मलाई भेटेर नेपाली राष्ट्रिय फुटबल टिमको सारा हाल बताइदिए ।’ त्यो सुन्दा उनी झनै बेचैन हुन पुगे । अन्ततः त्यहि सूचनाका आधारमा नेपालको इतिहांसमा पहिलो पटक म्याच फिक्सिङको अनुसन्धान सुरु भयो ।

सुरुमा सुचना र प्रमाण संकलनको काम एक्लै अगाडी बढाए खनालले, आफनै कर्मचारीहरुको पनि साथ नलिइकन । अनुसन्धानका क्रममा फुटबल टिमका खेलाडीहरुलाई रहस्यमय रुपमा पैसा आउने गरेको खुल्दै गयो । उनीहरुको बैंक खातामा विभिन्न देशबाट आएका पैसाको कुनै पनि स्रोत थिएन, जसले शंकालाई थप बलियो बनायो । अनुसन्धानबाट यतिसम्म खुलेको थियो कि सट्टेबाज तथा नेपाली खेलाडी खरिद गर्नेहरुले नेपालमै आएर समेत रकम बुझाएका थिए ।

त्यसपछि खनालले एएफसीसँग पनि सम्पर्क बढाए । एफसीले पनि नेपाली फुटबल टिमको खेलप्रति आफुलाई शंका लागेको बताएपछि खनालको अनुसन्धानलाई महत्वपुर्ण सहयोग मिल्यो । त्यसपछि सुरु भयो नेपाली राष्ट्रिय फुटबल टिमले हार व्यहोरेका खेलहरुको अध्ययन । २००८ सालदेखि नेपाली टिमले सहभागिता जनाएका अधिकांश खेलको अध्ययन गर्न थाले एसएसपी खनालले । जोर्डन, अफगानिस्तान, फिलिपिन्स लगाएतका देशसँग भएको खेल हेर्दा स्पष्ट देखिन थाल्यो नेपाली खेलाडीहरुको हर्कत ।

एसएसपी खनाल भन्छन्, ‘कहिले गोल हान्ने मौका पाउँदा बल बाहिर फालिदने, कहिले खेलाडी जति सबै एकै ठाउँमा बसिदिने, कहिले तितरवितर भएर बस्ने लगातएका हर्कत खेलहरुको अध्ययनमा देखियो । त्यसपछि थप प्रमाण जुटाउनतिर लागियो ।’

खनालले सम्पुर्ण प्रमाण जुटाइसकेपछि पनि प्रशिक्षक अञ्जन केसी देश बाहिर भएकोले कसैलाई पक्राउ गरेनन् । जब अञ्जन नेपाल फर्किए त्यसपछि आफना प्रहरीहरुलाई खेलाडी पक्राउ गर्न जाने आदेश दिए ।

किन हात हाले खेल क्षेत्रमा ?

राष्ट्रिय फुटबल टिम नेपाली झण्डा बोकेर मैदानमा उत्रिदा फुटबल पे्रमी खनाल निकै उत्साहित हुन्थे । तर सँधैको पराजयले उनलाई पनि निराश बनाइरहेको थियो । जब राष्ट्रिय झण्डा बोकेर मैदानमा उत्रिने खेलाडीले आफनो स्वाभिमान वेचेको थाहा भो, त्यसपछि खनालले अपे्रशन सरु गरे ।

उनी भन्छन्, ‘एउटै स्तरको टिमबाट ९ गोल, १० गोल खाने भन्ने पनि हुन्छ ? सबै खेलाडी गोल पोष्टमा मात्रै बसे पनि त्यति गोल खाँदैन होला । अनि यस्तालाई कारवाहि नगरे कसलाई गर्ने ?’ नेपालमा पहिलो पटक खेलक्षेत्रमा हुने अपराध अनुसन्धान गरेर खेलाडी पक्राउ गर्न सफल भएका छन् खनाल ।

बधाईको ओइरो

Ramesh-Dhamalaम्याच फिक्सिङ गरेको आरोपमा राष्ट्रिय फुटबल टिमका खेलाडी पक्राउ परेको खबर बाहिरिए लगतै एसएसपी खनाललाई फोन उठाउँदै फुर्सद छैन । समाचार सनसनीपुर्ण बने पनि म्याच फिक्सिङ के हो भन्ने सामान्य नागरिकलाई थाहा थिएन ।

तर नेपाली फुटबल टिम मैदान उत्रिएपछि जितको कामना गर्ने नेपालीहरुले आफ्नै खेलाडी पैसामा बिकेर हार्ने गरेको थाहा पाएका छन् । खनाललाई अहिले देश र विदेशबाट बधाई र धन्यवाद आइरहेका छन् । फुटबलसँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ-संस्थाहरुले पनि बधाइ दिएका छन् ।

म्याच फिक्सिङको आरोपमा पाँच खेलाडी त पक्राउ परेपछि तर थुप्रै व्यक्तिहरु आत्तिएका छन । कतिपय भाग्ने बाटो खोजिरहेको पनि खनाल बताउँछन् । तर आफुलाई आम नेपाली नागरिक र फुटबलपे्रमीहरुको साथ रहेकोले लहरा जहाँसम्म पुग्छ त्यहाँसम्मका कसैले पनि छुट नपाउने उनको दावि छ ।

एसएसपी खनालका रेकर्ड

एसएसपी सर्वेन्द्र खनाल नेपाली प्रहरी भित्रका एक सक्षमअधिकृत मानिन्छन् । २०६३ सालमा एसपी हुँदा उनले काठमाडौं प्रहरी परिसर (त्यति बेला हनुमानढोका) को नेतृत्व सम्हालिसकेका छन् ।

उनले काठमाडौं प्रहरीको नेतृत्व सम्हालेका बेला राजधानीमा गुण्डागर्दी र अपराधको राज थियो । तरवार, खुकुरी र गोली आतंकले काठमाडौंमा प्रहरीलाई कमजोर बनाइरहेको थियो । सर्वेन्द्रलाई गुण्डा र अपराधको नालीबेली थाहा थियो । जब काठमाडौं परिसरको नेतृत्व सम्हाल्ने अवसर पाए, त्यसपछि गुण्डाहरु उनको पहिलो निशानामा परे । गुण्डागर्दी गर्ने र आतंक मच्चाउनेलाई गोली हानेर ढाल्ने उनको आदेश सुन्दा मातहतका कतिपय अधिकृतहरुको शरीर काप्थ्यो ।

खनाललाई चर्चित बनाउने घटनाहरु यस्ता छन् :

१. काठमाडौं परिसरको प्रमुख हुँदा गुण्डाहरु माथिको अप्रेशन सुरु गरेका थिए ।

२. महानगरीय अपराध महाशाखाको नेतृत्व सम्हालेपछि सञ्चार उद्यमी जमिम शाहको हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका पूर्व डिएसपी जगदिश चन्दलाई करिव ५ वर्ष पछि उनैले पक्राउ गरेका हुन् ।

२. खनालकै कारवाहीमा गुण्डा नाइके कुमार घैंटेको प्रहरी कार्वाहिमा ज्यान गएको थियो ।

३. कन्सल्टेन्सीको रुपमा खोलिएका संस्थाहरुको अवैधरुपमा विदेश पठाउने धन्दामाथि खनालले पहिलोपटक धावा बोलेका थिए । त्यसपछि दर्ता नभएका करिब ९०० कन्सल्टेन्सीले दर्ता गरेका छन् ।

४. २०६० साल असोज १६ गते ललितपुरको बडिखेलमा एकै परिवारका ५ जनाको हत्या काण्ड वषौर्ंसम्म रहस्यमय बनिरहेको थियो । भानु नगरकोटी सहित उनकी श्रीमती छोरा र छोरी सहित ५ जनाको हत्या गरेको आरोपमा अपराध महाशाखाले १२ वर्षपछि चन्द्र बहादुर पहरीलाई पक्राउ गरेको हो ।

एसएसपी खनाल २०४६ सालमा निरिक्षक पदबाट नेपाल प्रहरीमा प्रवेश गरेका हुन् । खनाल र रमेश खरेल एउटै ब्याजका मात्रै होइन भावि आएजीपीका प्रतिस्पर्धी समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?