+
+
Shares

भैरहवाबाट नक्कली पत्रकार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ४ गते ११:२५

४ कार्तिक, भैरहवा । रुपन्देहीको भैरहवामा एक जना नक्कली पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नपा ९ का ५० वर्षिय राजु पौडेल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पक्राउ परेका पौडेलले प्रयोग गरेको बा १२ च ७९२४ नम्बरको कार सहित प्रहरीले नियन्त्रणमा लिएको हो । उनले विगत केही दिन देखि आफ्नो कारमा लेखनाथ मिडिया हाउस लेखेको नक्कली प्रेसको स्टिकर टाँसी भैरहवामा हिडिरहेका थिए ।

पक्राउ परेका पौडेलले कारमा नक्कली प्रेसको स्टिकर टाँसी भैरहवाको नेपाल आयल निगमको पेट्रोलमा पम्पमा जबरजस्ती तेल माग गरेको र तेल लिन लाइनमा बसेका सर्वसाधरणलाई नहुने कुरा गरेर अशान्ति हुने खालको अवस्था सृजना गरेपछि नियन्त्रयणमा लिई अनुसन्धनान गर्दा पौडेल नक्कली पत्रकार रहेको खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामेश्वर कार्कीले बताए ।

उनको सवारी साधनको पार्टपुर्जा विक्री गर्ने वर्कसप रहेको प्रहरीले जनाएको छ । पौडेललाई नियन्त्रणमा लिई उनको शरीर तलासी गर्दा उनको साथबाट लेखनाथ मिडिया हाउस लेखेको नक्कली परिचय पत्र फेला परेको र उनी कुनै पत्रकारिता पेशमा संग्लन नरहेको अनुसन्धानबाट खुलेको प्रवक्ता कार्कीले बताए ।

घटना बारेमा थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?