दोहा । हिन्दुधर्मावलम्बीहरुको महान पर्व विजया दशमी नजिकिदै छ । प्रवासबाट दसैंका लागी धेरै नेपालीहरु मातृभुमी फर्किसकेका छन भने नेपाल फर्कन नसकेका नेपालीहरुले कतारमा नै दसैं मनाउदै छन । यसपाली दसैं को टीकाको साईत बिहिबार छ तर कतारमा त्यो दिन बिदा छैन । बिदा नमिलेका नेपालीहरु शुक्रबार दसैं को टिका थाप्नेछन । कतारमा बिहिबारको साझँपछी मात्र नेपालीहरु दसैं मनाउने छन । तर दसैं मनाउने तयारी भने भईनै रहेको छ ।
भगवती ५ अर्घाखाँचीका युवराज कतार आएको ५ बर्ष भयो । यो अबधीमा २ पटक नेपाल पुगेरै दसैं मनाए । यसपाली भने उनलाई छुट्टी मिलेन । उनी नेपाल जान नपाएपछी कतारमा साथीभाईहरुसँग दसैं मनाउने योजनामा छन । अर्घाखाँची सेवा समाज कतारका अध्यक्ष समेत रहेका उनले बिहिबार नै टिका ग्रहण गर्ने व्यवस्था मिलाउदै छन । अर्घखाँचीका जेष्ठ नागरिकको हातबाट टिका थाप्ने उनीहरुको योजना रहेको छ । ‘दसैं मा घरपरिवारबाट टाढा रहनुपर्ने बाध्यता भएपनी चाडबाड आउदा मन भने खुसी नै हुदो रहेछ । साथीभाईहरुसँग खसी काटेर रमाईलो समेत गरिन्छ ‘ उनी भन्छन । झापा दमकका जेरी राईले यो पटक पनी कतारमा दसैं मनाउने योजना बनाएका छन ।
कतार आएको ४ बर्षमा उनको योजना पनी कम छैन । कतारमा नृत्य सिकाउदै आएका उनले आफ्ना नजिकका साथी भाई तथा विद्यार्थीहरुसँग मिलेर दसैं मनाउदै छन । ‘दसैं को नाम सुन्ने वित्तिकै मनमा एक किसिमको खुसी हुन्छ नै तर प्रदेशको ठाउँमा सोचे जती रमाईलो गर्न सकिदैन’ उनी भन्छन । उनले नृत्य सिकाउदै आएको नेपाली कला केन्द्रमा विजयादशमीको अवसर पारेर शुक्रबार स्वरमाला साँस्कृतीक कार्यक्रम तथा टिका ग्रहण गर्ने कार्यक्रम रहेको बताउछन । उनी त्यही कार्यक्रमका लागी दसैं आउन भन्दा एकहप्ता पहिले देखी नै व्यस्त देखिए ।
सल्वारोडको सफारी हाईपर मार्केटमा भेटिएका बुटबलका बिर बहादुर थापालाई सपिङ्ग गर्दैमा फुर्सद थिएन । कतार आएको ७ बर्ष भयो । यो पालीको दसैं मा परिवारसँगै दसैं मनाउने तरखरमा छन उनी । कम्पनीलाई एक महिना पहिला नै भनेका थिए तर दसैं को अघिल्लो दिनमात्र उनी नेपाल जाने टिकट मिल्यो । दसैं को दिन नेपाल पुग्न सकिन्छ भन्ने झिनो आशा लिएर परिवारका लागी लत्ताकपडा सपिङ्ग गर्दैछन ।
दसैं को दिन काठमाडौ झर्दैछन । त्यो दिन बुटबल पुग्न उनलाई धौधौ नै हुनेछ । नाकाबन्दीका कारण भनेकै समयमा बस पाउन नसकिने थाहा पाईसकेका उनले राती अवेर सम्म घर पुग्न पाएपनी परिवार खुसी हुने बताउछन । बर्षौ पछी दसैं मान्न नेपाल र्फकन लागेको भाग्यमा यस्तो लेखेको रहेछ उनी भन्छन ।
कतारमा ९ बर्ष देखि कार्यरत मोरङ्गका कृष्ण घिमिरेले पहिलो पटक कतारमा दसैं मान्ने भएका छन । हरेक बर्षको दसैं मा नेपाल पुग्ने उनी यो पाली कतारमा नै साथीभाईसँग मिलेर खसी काट्ने छन । रमाईलो गर्नेछन । सधै परिवारसँग दसैं मनाईरहेका उनलाई प्रवासमा खल्लो महशुस भएको छ त्यै पनी चित्त बुझाउँदै छन ।
चितवन माडीका दिनेश अधिकारीले दसैं को अघिल्लो दिन नै खसीबजार पुगेर दसैं का लागी खसी किन्ने भएका छन । दसैं को दिन कतारमा समेत खसी महङ्गो पर्ने उनी बताउछन । विगत १२ बर्ष देखी कतारमा कार्यरत उनलाई दसैं आउनुले खासै फरक पार्दैन । यो अबधीमा एकदुई पटक मात्रै दसैं का लागी नेपाल पुगेका उनी दिनभरी काममा नै व्यस्थ हुनेछन । ‘नेपालमा भए दसैं आउथ्यो यहाँ त्यो दिन पनी छुट्टी नहुदा दसैं को कुनै अर्थ नरहने उनी भन्छन । दसैं को दिन साथी भाई मिलेर खसी काटिन्छ रमाईलो भनेकै त्यही हो । घरमा परिवारसँग फोनबाट नै आर्शिबाद लिनुपर्ला ‘ उनी भन्छन ।
कतारमा १५ बर्ष देखी कार्यरत पर्वतका चिन्तामणी पौडेल विदेशीएको भने २० बर्ष नाघ्यो । उनले यो अबधीमा ५ वटा दसैं परिवारसँग मनाउन पाए । बाँकी १५ बर्ष विदेशमा मनाउदै आएका छन । यो बर्ष पनी उनलाई नेपालमा दसैं मनाउन जुरेर । प्रवासको सँस्कृतीसँग घुलमिल भईसकेका उनले विभिन्न माध्यमबाट विजयादशमीको शुभकामना दिए । खुसीयाली मनाउने त परै जाओस दसैं का दिन डिउटीमा खटिनुपर्छ उनी भन्छन । प्रवासको ठाउँमा हाम्रो चाडबाड भनेकै काम रहेछ । उनले ढिलोचाडो नेपालमा नै रमाउने योजना बनाईरहेका छन ।
कतारमा परिवारसहित रहेका नेपालीहरुलाई भने दसैं रमाईलो नै हुनेछ । यहाँ शुक्रबार विभिन्न कार्यक्रमको समेत आयोजना भएका छन । त्यो दिन सबै साथीहरु भेटेर दुःखसुख साटासाट गर्नेछन । शुभकामना आदानप्रदान गरेर दसैं मनाउदै छन ।
घनश्याम पराजुलीबाट
प्रतिक्रिया 4