+
+
Shares

‘राष्ट्रका लागि एक दिन’ अभियानमा केसीको पनि सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ८ गते ११:०४

Gyanendra-Shai
८ कात्तिक, काठमाडौं । नेपाली युवाले सञ्चालन गरिरहेको राष्ट्रका लागि एक दिन अभियानमा डाक्टर गोविन्द केसीले पनि सहयोग गर्ने भएका छन् ।

शनिबार केसीलाई भेट्न गएका अभियानका संयोजक ज्ञानेन्द्र शाहीसहितको टोलीलाई स्वागत गर्दै केसीले युवा पुस्ताले नै देशको नेतृत्व लिनुपर्ने बताएका थिए ।

केसीसँग भएको छलफलका क्रममा नेपाली सामानको प्रयोग र प्रवर्द्धन गर्ने, एक वर्षमा एक दिन राष्ट्रका लागि कुनै स्वार्थ नराखी समाजको सेवा गर्ने, भ्रष्टचार र माफिया विरुद्धको अभियान जारी राख्ने, बोलेर मात्र नहुने भएकाले नेपाली सामानको उपयोग गर्दै प्रचार र प्रसारमा अघि बढ्ने लगायत सहमति भएको शाहीले बताए ।

शाही सहितका युवाले चालेको यो अभियान अन्तर्गत उनीहरुले सबैभन्दा पहिले विदेशी पहिरन बहिष्कार गर्ने, नेपालमा उत्पादन हुने बस्तुको बजार प्रबर्द्धन गर्ने, गुणस्तरीय सामानको निर्माण गर्ने, नेपालमा अहिले उत्पादन नभएका बस्तुलाई पनि नेपालमा उत्पादनका लागि वातावरण बनाउन पहल गर्ने लगायतका योजना रहेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?